५ वैशाख २०८१ बुधबार
समाज

प्रदेश १ : दुई दिनमै झन्डै दोब्बरले बढे संक्रमित

जेठ ५ गतेसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या जम्मा ४३ थियो।  पछिल्लो तीन  दिनभित्र यो संख्या झन्डै दोब्बरले बढेको छ।  बिहीबार साँझसम्ममा प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ८४ पुगेको छ।  

केही दिनयता भारतबाट नेपाल प्रवेश गराएर क्वारेन्टाइनमा राखिएकाहरुमा धमाधम संक्रमण पुष्टि भएपछि तीन दिनभित्रै  संख्या झन्डै दोब्बरले बढेको हो।  ूतीन दिनमा यतिधेरै संक्रमित फेला पर्नु भारतबाट आएका नागरिक नै हुन् ू प्रदेश १ जनस्वास्थ्य महाशाखा प्रमुख डा सुरेश मेहताले भने ूस्थानीयमा संक्रमण देखिएको छैन।ू  

प्रदेश सरकार र स्थानीय तहको समन्वयमा भारतबाट आउनेलाई घर जान नदिइ क्वारेन्टिनमा राखेका कारण समुदायमा पछिल्लो पटक संक्रमण नफैलिएको विश्वासमा सरकार छ।   प्रदेशमा सबैभन्दा पहिले उदयपुरको भुल्केमा १२ जना भारतीय नागरिकमा संक्रमण देखिएको थियो।  त्यसयताको महिना दिनसम्म ४३ जना मात्रै संक्रमित भएका थिए।  तर, जेठ  ८ गतेभित्र यो संख्या बढेर ८४ पुगेको हो।  बिहीबार एकैदिन २३ जनामा संक्रमण पुष्टि भएको हो।  

हालसम्म प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमण फेला  परेको छ।  इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, ओखलढुंगा र सोलुखुम्बुमा हालसम्म संक्रमण देखिएको छैन।   बिहीबारसम्म झापामा ३५, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३ तथा खोटाङ र भोजपुरमा १(१ जनामा कोरोना पुष्टि भएको छ।  उनीहरुमध्ये २६ जना उपचारपछि निको भएर घर फर्किसकेका  छन् ।  

झापामा संक्रमित भेटिएका ३५ जनामध्ये ३३ जना कचनकवल गाउँपालिकाका हुन्।  गाउँपालिकाले भारतबाट केही दिन अगाडि आएकाहरुलाई क्वारेन्टाइनमा राखेको थियो।   यो संख्या अझै बढ्न सक्ने कचनकवलका अध्यक्ष अन्जार आलमले बताए।  

 

 

 

प्रकाशित: ८ जेष्ठ २०७७ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App