coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा ४७ दिन बसेका थिए कोरोना संक्रमित बालक

संक्रमित बालक बसेको गुम्दी स्वास्थ्य चौकी ।

लमजुङ जिल्लाका कोरोना संक्रमित भनिएका बालक धादिङमा लामो समय बसेर काठमाडौं फर्किएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमजुङका तीन वर्षीय बालकमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो । 

बालक जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकीमा ४७ दिन बसेर काठमाडौं गएका थिए । बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र शिल गरिएको छ । साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ ।

 सरकारले लकडाउन घोषणा गरेपछि काठमाडौंमा रहेका ती बालक आफ्नी आमासंगै मामाघरको हजुरबुबा कार्यरत गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए । गत बैशाख २९ गते आमासहित काठमाडौं फर्किएका उनीहरुलाई घरवेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो । त्यस्तै रहेकी बालकको आमालाई भने कोरोना देखिएको छैन् ।

जिल्ला सुरक्षा समितिले ती बालकका हजुरबुबा कार्यरत गुम्दी स्वाथ्य चौकीको सम्पुर्ण सेवा बन्द गराएको छ भने उनी बसेको घरक्षेत्रका चारकिल्ला तोकेर शील गरिएको छ । स्वास्थ्य चौकी रहेको पुर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोवाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताहखोलावीचको क्षेत्रलाइ पुर्ण रुपमा शील गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न थालिएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए । ‘पहिलो चरणमा हाल २९ जनाको स्वाव संकलन गरेको छौँ,’  उनले भने , ‘पिसिआर परीक्षणको लागि विहीवारनै काठमाण्डौ पठाउने छौँ ।’

गुम्दी स्थित ती स्वास्थ्यकर्मीले डेरा लिएर बसेको क्षेत्र वरपर १५/२० वटा स्थानीयका घरहरु रहेका छन् । लामो समय गुम्दी बसेका वालकलाई कोरोना पोजेटिभ देखिए पछि स्वास्थ्यचौकी प्रमुख सहित ७ जना कर्मचारी र उनको सम्पर्कमा आएका गुम्दीकै उनीहरुको डेरा भएका परिवारसहित अन्य १० जनाको स्वाँवको नमूना संकलन गरिएको गाँउपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

प्रकाशित: ८ जेष्ठ २०७७ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App