८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुर नगरपालिकामा 'जनप्रतिनिधिहरुको ३ वर्ष'

भक्तपुर नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि हालसम्म विभिन्न संघसंस्थाहरुबाट १२ लाख बढी नगद र अन्य जिन्सी सामान प्राप्त भएको जनाएको छ । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको तेश्रो वर्ष पूरा भएको अवसरमा बुधबार गरेको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्ष विषयमा भएको कार्यक्रममा यो तथ्यांक दिइएको हो ।  

नगर प्रमुख सुनिल प्रजापतिले एकद्धार प्रणाली अन्तर्गत राहत वितरण गर्ने उद्देश्यले सहयोग गर्न चाहने संघसंस्था, व्यक्तिहरुले नगरपालिकामा उक्त रकम र जिन्सी सामानहरु हालसम्म संकलन भएको जनाए । जुम अनलाइनमार्फत भएको कार्यक्रममा प्रमुख प्रजापतिले देशभर लकडाउनको अवस्थामा पनि नगरपालिकाका एक सय ६० जना सफाइ मजदुरहरु, जनस्वास्थ्य केन्दका चिकित्सक, नर्स तथा कर्मचारीहरु, नगरपालिका र वडा समितिका कर्मचारीहरुले यस्तो बिषम परिस्गितिमासमेत जनताको सेवा गरिररहेको जनाए ।  

त्यसकारण लकडाउन अवधिमा जनताको सेवामा खट्ेका सम्पूर्ण कर्मचारी र भच्र्युअल कक्षा संचालनमा सहयोग गर्ने शिक्षक, शिक्षिका नगर शिक्षा समिति, सहजकर्ताको भूमिका खेल्ने गरेका टोल टोलका स्वयंसेवकहरु सबैको योगदानलाई उच्च सम्मान गर्दै नगरपालिकाकोतर्पmबाट धन्यवाद ज्ञापन गरेको छ ।  

नेपाल सरकारले लकडाउनको अवधिलाई बिदा घोषणा गरे पनि नगर सफाइमा निरन्तर खटेका सफाइ कर्मचारीहरु, जनस्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरुलाई मासिक तलबलाई दैनिक हिसाब गरी हाजिर भएको दिनको ७५ प्रतिशत र नगरपालिकाका कर्मचारीहरु, वडा समिति, जन स्वास्थ्य, शिक्षा शाखामा कार्यरत सबै कर्मचारीहरुलाई हाजिर भएको दिनको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको उनले जनाए । साथै यो बिषम अवस्थामा काम गर्ने जन प्रतिनिधिहरु, सबै कर्मचारीहरुको एक वर्षको जीवन विमा गर्ने व्यवस्था गरेको पनि उनले जनाए ।

प्रकाशित: ७ जेष्ठ २०७७ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App