८ वैशाख २०८१ शनिबार
समाज

धनकुटामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमण

धनुटामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना संक्रमण भेटिएको छ । मंगलबार थपिएको ५ जना संक्रमित मध्ये २४ महिला र  २८ र २९ बर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएको हो । संक्रमित तिनैजना जिल्ला अस्पतालमा कार्यरत रहेका हुन । त्यस्तै स्वास्थ्यकर्मीको आफन्त ३७ बर्षिय पुरुषमा र ३५ बर्षिय प्रहरी जवानमा समेत कोराना संक्रमण भएको छ । प्रहरी जवान जिल्ला अस्पताल धनकुटामा सुरक्षामा खटिएका हुन् ।  

थपिएसँगै धनकुटामा  संक्रमित संख्या ६ जना पुगेको छ । मंगलबार धरानस्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा गरिएको परिक्षणको क्रममा थप ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताए । 

गएको जेठ ४ गते जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षिय स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ८३ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको थियो । ती स्टाफनर्सको ५ बर्षिय छोराको भने नेगेटिभ रिपोर्ट आएको छ । ती मध्ये ६५ जनाको परिक्षण गर्दा संक्रमित देखिएको डा. विश्वकर्माले बताए । अब १८ जनाको रिपोर्ट आउन बाँकि रहेको छ ।  

संक्रमित ब्यक्तिहरुलाई कोरोना कसरी स¥यो भनेर अझै अन्यौल रहेको छ । जिल्ला अस्पतालमा आएका विरामी वा विरामीको कुरुवाबाट सरेको अनुमान गरेपनि अझै पहिचान हुन सकेका छैन । स्वास्थ्यकर्मीहरु बाहिर नगएको र भेटघाट समेत कसैसँग नगरेको अस्पताल स्रोतले बताएको छ ।  

रिपोर्ट आएपछि संक्रमित ब्यक्तिलाई उपचारको लागि कोशी कोराना अस्पताल विरानगर लगिएको छ । कोराना संक्रमण बढेसँगै उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको समेत कन्ट्यक्ट ट्रेसिङ गरिरहेको र स्वाब संकलन गर्ने कार्य थलानी गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले बताए ।

चारदिनदेखि जिल्ला अस्पताल आसपास सिल

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि चारदिन देखि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ ।  संक्रमण पुष्टि भएपछि आइतबार राती संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।  

सोही निर्णय वमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चार किल्ला कायम गरेर मानिसहरुको आवातजावत निषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद गुरागाईले बताए । धनकुटा  नगरपालिकाको वडा नं ७ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो पोइन्ट, परिचय मोडे, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्ला कायम गरिएको छ ।  

 

प्रकाशित: ७ जेष्ठ २०७७ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App