coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फ्रन्टलाईनमा काम गर्ने प्रहरी कोरोनाबाट प्रभावित

फ्रन्टलाईनमा काम गर्नेमध्ये नेपाल प्रहरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ६ जना प्रहरी कोरोना संक्रमित भएका छन् । बुधबार बिहान कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुस्टि भएपछि  संख्या थपिएको हो । 

उक्त वृतमा २ सय १४ जना प्रहरी कर्मचारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संक्रमित भेटिएपनी वृतमा उच्च साबधानी अपनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता निरज शाहिका अनुसार काठमाडौंमा २ जना, कपिलवस्तुमा २ जना, बारामा १ जना र धनकुटामा १ जना गरी ६ जनामा कोरोना पुष्टि भएको हो । 

कार्यालयहरुमा कोरोना पुष्टि भएपछि हेडक्वाटरले प्रोटोगल अनुसार सुरक्षा अपनाउन सबै कार्यालयहरुलाई आग्रह गरेको प्रवक्ता साहिले बताए । उनले भने, 'हामिले सक्दो पिपिई र मास्क पठाइसकेका छौ,' खाना खादा वा ड्युटी गर्दा आफ्नो जोखिम ख्याल गर्न सबै प्रहरीलाई भनेका छौँ, यति गर्दा पनि भयो भने क्वारेन्टाइनमा राख्छौ ।' 

उनले सङ्क्रमित प्रहरीलाई राख्नका लागी क्वारेन्टाइन र आइसुलेसन तयार भएकाले त्यही राख्न सकिने बताए । जोखिम बढेपछि बिदा बसेर वा सरुवा भएर आएका प्रहरीलाई आ-आफ्नो कार्यालयको क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको छ । अहिले ५० जना हाराहारी प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App