८ वैशाख २०८१ शनिबार
समाज

मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर

बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरूबीच मंगलबार भक्तपुर नगरपालिकामा भएको भक्तपुरको खानेपानी तथा ढल निकासको समस्याबारेको बैठकमा पीआइडीका पदाधिकारीहरुले यस्तो बताएको जनाएको छ ।  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकाको सभाकक्षमा बसेको बैठकले मेलम्चीको पानी काठमाडौं उपत्यकामा उपलब्ध भएपछि पहिलो चरणमै भक्तपुर नगरपालिकामा पठाउने र खानेपानी वितरण प्रणाली नयाँ नबनुञ्जेल पुरानै प्रणालीबाट वितरण गर्ने निर्णय गरेको जनाइयो । भक्तपुर नगरपालिकाले मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा पठाउन माग गर्दै आएको थियो ।

 

 

 

 

 

प्रकाशित: ६ जेष्ठ २०७७ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App