७ वैशाख २०८१ शुक्रबार
समाज

भारतको वनवासामै ३५ दिन क्वारेन्टिन बसेर फर्किएका थिए

कर्णालीमा पहिलो पटक देखिएका संक्रमित

लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवा वनवासामै ३५ दिन क्वारेन्टिनमा बसेर फर्किएका थिए । शनिबार आठविस नगरपालिकाले बनाएको क्वारेन्टिनबाट स्वाब संकलन गरि आइतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा जाँच गरिएको थियो ।  

थप पुष्टि गर्न भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा नमुना पठाइएको थियो । सोमबार राति अवेर मात्र कर्णाली प्रदेशमा पहिलो कोरोना भाइरस भएको ब्यक्ति भेटिएको पुष्टि भएको हो । भारतको आग्रामा कोल्ड स्टोरमा काम गर्ने ती युवा पश्चिम नाका कञ्चनपुर भएर वनवासा भएर आएका थिए । वनवासामा उक्त युवा ३५ दिन क्वारेन्टिनमा बसेका थिए । त्यहाँबाट भारतीय पक्षले नेपाल पठाएको थियो ।  

नेपाल सीमामा आएपछि आठविस नगरपालिकाले समन्वय गरेर नगरपालिकामा ल्याएको थियो । जेष्ठ १ गते आठविस नगरपालिकाले उद्धार गरि ल्याएर क्वारेन्टिनमा राखेको थियो । भारत हुँदै महेन्द्रनगर आएका उनीहरुलाई आठविस नगरपालिकाले गाडी रिजर्ब गरेर ल्याएको नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष पर्वसिहं विश्वकर्माले बताए ।

‘महेन्द्रनगरबाट सिधा ल्याएर स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखेका छौं ।’ वडाअध्यक्ष विश्वकर्माले भने, संक्रमित युवासहित ३९ जना यहाँ रहेका छन् ।’ त्यहाँ रहेका अन्य ३८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको जिल्ला अस्पताल दैलेखले जनाएको छ ।  

क्वारेन्टिनमा बस्ने सवै एउटै उमेर समूहका रहेको जनाइएको छ । अध्यक्ष विश्वकर्माका अनुसार वडाका सवै गाउँ, सडक अन्य सार्वजनिक स्थलहरु पुरै लक भएको छ । अब, नगपालिका नै लक गर्ने तयारीमा लागेको आठविस नगरपालिकाका नगर प्रमुख खड्कराज उपाध्यायले बताए । जिल्ला अस्पताल दैलेखमा बनाइएको आइसोलेसनमा संक्रमित युवालाई विशेष सुरक्षासहित उपचारका लागि मंगलबार साँझ ल्याइदैछ ।  

महेन्द्रनगरबाट सिधा क्वारेन्टिनमा ल्याएर राखिएकाले समुदायमा त्रास मान्नुपर्ने अवस्था नभएको आठविस नगरपालिकाले जनाएको छ । गाडीमा संक्रमित ब्यक्तिसंग आएका अन्य ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रसिङ गरिएको जिल्ला अस्पताल दैलेखका प्रमुख डाक्टर निरञ्जन पन्तले बताए । सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा एक युवाको कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि नेपालगंजमा गरिएको थप परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।  

प्रकाशित: ६ जेष्ठ २०७७ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App