१६ चैत्र २०८० शुक्रबार
समाज

कोरोना कहर : संकटमा गुमनाम छन् ‘एनजिओ’

यतिबेला कोरोना महामारीको त्रासले विश्व आतंकित छ । गाउँ सहर टोल र बस्तीहरु लकडाउनले आत्तिएका छन् । सरकारी पदमा भएका बाहेक अन्य राजनीतिक नेता कार्यकर्ता एकान्तवासमा छन् । नागरिक समाज वा त्यस्तै अन्य नामले आफूलाई समाजमा चिनाएकाहरुको अनुहार देखिदैन । समाज शान्त देखिए पनि एकप्रकारले भद्रगोलको अवस्थामा पुगेको छ । सामाजिक हिसावले अस्तब्यस्त समाजमा कोरोना बारे भ्रम र तथ्यका बारेमा जानकारी पुर्‍याउने समय आएको छ ।

हरेक ठाउँमा ढोका खोलिए पनि सरकारी कार्यालयहरु बन्द प्राय छन् । समाज सेवा र सरकारलाई सघाउने नाममा खोलिएका गैरसरकारी संस्थाहरुको त झनै नामोनिशान देखिदैन । बार्षिक करोडौको कारोबारसंगै ब्यापक हल्ला खल्ला गर्ने उनिहरुको भूमिका शून्य जस्तै छ । सामान्य अवस्थामा जिल्ला भित्र आफ्नो बलियो उपश्थिति देखाउने उनिहरु संकटको समयमा भने गुमनाम भएका छन् । यतिबेला गैरसरकारी सस्थाहरु न जिल्ला स्तरीय बिपद ब्यवस्थापन समितिको सम्पर्कमा छन् नत स्थानीय सरकारको सम्पर्कमा छन् ।  

सरकारको साझेदारका रुपमा चिनाउने गैरसरकारी संस्थाहरु संकटको घडिमा गुमनाम भएको देखेर जिल्ला बिपद ब्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल पनि दिक्क छन् । ‘अहिलेको अवस्थामा कुनै पनि गैरसरकारी सस्थाहरु  हाम्रो संम्र्पकमा छैनन् । कता के गर्दैछन् भन्ने अत्तो पत्तो छैन ।’ जिल्ला स्तरीय बिपद् ब्यवस्थापन समितिलाई समेत जानकारी नभएका उनिहरुले दातालाई प्रतिबेदन भने गतिलो दिनेछन् । प्रमुख जिल्ला अधिकारी जस्तै स्वास्थ्य कार्यालय प्रमुख अनिल केसि पनि गैर सरकारी संस्थाहरुको भूमिका सहयोगी नभएको बताउँछन् 

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिले कोरोना संकटका समयमा गैर सरकारी सस्थाले आफ्नो तहमा कुनै भूमिका नखेलेको बताए । ‘अहिले सम्म कुनै गैरसरकारी सस्था हाम्रो संम्पर्कमा आएका छैनन् र उनिहरुले कुनै भूमिका समेत खेलेका छैनन् ।’ केसि जस्तै थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती पनि गैरसरकारी सस्थाहरुले कुनै सहयोग नगरेको बताउँछन् । पूर्वी रोल्पाको लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्का पनि एनजिओको भुमिका गतिलो नभएको बताउँछन् ।  

जिल्लामा एक सय बढि गैरसरकारी सस्था दर्ता गरिए पनि हाल दर्जन बढि एनजिओले बिभिन्न दाताको सहयोगमा कार्यक्रमहरु संचालन गरिरहेका छन् । गैरसरकारी सरकारी संस्था महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष घनस्याम आचार्य संस्थाहरुको बचाउ गर्दै ‘डोनरले पैसा नदिएका कारण’ सोचे जस्तो गर्न नसकेको बताउछन् । ‘हामीले सकेजति गरेका छौ । कसैले पैसा दिए पछि काम गर्ने हो ।’ उनले भने ‘प्रचारप्रसार लगायत केहि ठाउँमा सर्पोट पनि गरिरहेका छौ ।’

दाताको सहयोगमा हल्लाखल्लासहित काम गर्ने उनिहरुसंग आफ्नै सस्थाको नाममा केहि रकम भए पनि त्यसलाई भने खर्चिने जांगर गरेका छैनन् । गाउँगाउँमा नेटवर्क बनाएर बसेका सस्थाहरुले अरु केहि नगरे पनि कोरोनाका बारेमा भ्रम र तथ्य जानकारी फैलाउन सक्ने देखिन्छ । 

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App