coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमितसहित आठ जना एउटै कोठामा...

कर्णालीमा देखीएका पहिलो संक्रमित

लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमण पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवासंगै अन्य ७ जना पनि एउटै कोठामा सुत्ने गरेका छन् ।

सोमवार राती कोरोना संक्रमण पुष्टि भएको खबर आएपछि पनि उनीहरूलाई एउटै कोठामा सुताईएको खुलेको छ । रातीसंगै भएपनि मंगलवार विहानदेखी संक्रमित ब्यक्तिलाई छुटटै कोठामा राख्नका लागि आफुहरूले कोशिस गरेपनि उपचारका लागि बाहिर नलगेसम्म सामुहिक बसालिएको आठविस नगरपालिका –१ का वडाअध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।

‘संक्रमण नफौलियोस् भनेर हामीहरूले छुट्टै राख्ने भनेका थियौं ।’ अध्यक्ष विश्वकर्माले भने, सोमवारदेखी मंगलवारसम्म दिउँसोसम्म पनि माथिको आदेश भन्दै सगै राखीयो ।’ सोमवार राती नै आफुहरूलाई कोरोना भाइरस संक्रमण भएको थाहा भएपनि उनीहरूलाई एउटै कोठामा सुतेको वडाध्याक्ष विश्वकर्माले बताए । 

सतकर्ता अपनाईको भएपनि कोरोना भाइरस संक्रमण भएको थाहा पाएपछि सरोकारवाला निकायहरूले छुटटै नराखेकोमा आफुहरू दंग परेको विश्वकर्माले बताए । सोमवार राति १० बजे कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । लक्ष्मी माध्यमिकत विद्यालयमै बस्दै आएका अन्य तीन जना यूवाहरू राति भागेर घर जाने र विहान त्यहाँ आउने गरेको समेत खुलासा भएको अध्यक्ष विश्वकर्माले बताए ।

मंगलवार राति जिल्ला अस्पताल नजिक सरस्वती माध्यामिक विद्यालयमा बनाईएको आइसुलेसनमा कोरोना संक्रमित ब्यक्तिलाई उपचारका लागि ल्याईदैछ । आठविस नगरपालिका अछाम र कालिकोटसंग जोडिएको नगरपालिका हो । दैलेख बजारदेखी गाडीमा ४ घण्टा र हिडेर १ दिन लाग्छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App