१९ जेष्ठ २०७७ सोमबार
समाज

अर्घाखाँचीका सिमानाका सिल

जिल्ला सुरक्षा समिति अर्घाखाँचीको बैठकले अर्घाखाँची जिल्लाका सिमानाका सिल गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर–५ का जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा देखिएको र विशेष गरी अर्घाखाँचीका जिल्लासँग जोडिएका छिमेकी जिल्ला कपिलवस्तु र गुल्मीमा संक्रमित भेटिएपछि जिल्लाका सिमानाका सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

बैठकले सन्धिखर्कको छायाँ पोलिक्लिनिकलाई अर्को सुचना नआउँदासम्म सिल गर्ने निर्णय समेत गरेको छ । गुल्मीको मदाने गाउँपालिका पुर्काेटदहका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएका व्यक्ति गत वैशाख ३१ गते सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनिकमा उपचार गर्न आएको र यहाँ उपचार हुन नसकेपछि बुटवलको क्रिमसन अस्पतालमा रिफर गरिएको थियो ।  

यस्तै किराना, तरकारी र मासु पसल बिहान ७ देखि १० बजेसम्म खेल्ने त्यस्तै  दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ देखि ७ बजेसम्म मात्र खोलिने निर्णय भएको छ । जरुरी काम परेमा जिल्ला प्रशासन र प्रहरीलाई सम्पर्क गरी मात्र हिंडडुल गर्न आग्रह समेत गरिएको छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ ११:४६ मंगलबार

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App