coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नरैनापुरका संक्रमितलाई आइसोलेसन वार्ड नै छैन

काेराेना स

बाँकेको नरैनापुरमा दुई दिनअघि स्वाब संकलन गरिदै । तस्बिर : नागरिक

बाँकेको नरैनापुरमा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका ५९ जनालाई आइसोलेसनमा अझै राखिएको छैन्। संक्रमित ब्यक्तिलाई आइसोलेनमा राख्न ढिलाई हुँदा थप संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणबाट बुधबार एकैदिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसोतिर पहिलो चरणमा ४७ जना र रातितिर थप १२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोइन खाँका अनुसार संक्रमित ब्यक्ति वडा नम्बर १, २ र ५ निवासी हुन् । संक्रमित ब्यक्तिलाई आइसोलेसनमा राख्ने टुंगो नहुँदा अहिलेसम्म नरैनापुरकै क्वारेन्टिनमा रहेको उनले बताए । कोरोना संक्रमण पुष्टि भए लगत्तै स्थानीय प्रशासनले नयाँ संक्रमितलाई नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा आइसोलेन तयार गरेर राख्ने तयारी गरेको थियो । स्वास्थ्य केन्द्रमा बिजुली लगायत अन्य पुर्वाधार नभएपछि त्यहाँ आइसोलेसन संचालन गर्न नसकिने सम्बद्ध अधिकारीको निस्कर्ष छ । संक्रमण पुष्टि भएको २४ घण्टा पुग्न लाग्दा समेत संक्रमित ब्यक्तिलाई आइसोलेसनमा राख्न ढिलाई भइरहेको छ ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरका संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने बारे अहिलेसम्म टुंगा नलागेको बताए । ‘संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगा लागेको छैन, केन्द्रबाट एउटा टोली आएको छ, त्यही विषयमा हामी छलफलमै छौं,’ उनले नागरिकसँग टेलिफोनमा भने ।

कोरोना संक्रमितका लागि अहिलेसम्म जिल्लाका विभिन्न अस्पतालमा कुल १ सय ९ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको छ । जस अनुसार भेरी अस्पतालमा ६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा २५, लायन्स डेन्टल अस्पताल नेपालगन्जमा २५, खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ४०, मेडिकल कलेज  शिक्षण अस्पताल कोहलपुरमा ६ र नेपाली सेनाको अस्पतालमा २ वटा आइसोलेसन बेड छन् ।

संक्रमितलाई समयमा आइसोलेसन नपुर्याउँदा क्वारेन्टिनमा सँगै बसिरहेका अन्य ब्यक्तिहरू रातभर नसुतेको र उनीहरु निकै त्रसित रहेको स्थानीयले बताएका छन् । संक्रमितको संख्या ह्वात्तै बढेपछि स्थानीय प्रशासनले नरैनापुरलाई शिल गरेको छ । त्यहाँ आवत जावतमा पुरै रोक लगाइएको छ । स्थानीय बासिन्दा पनि घरबाट बाहिर निस्कन सकेका छैनन् । नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार संकलन गरिएको २ सय ६३ जनाको स्वाब मध्ये १ सय ९२ जनाको पिसिआर परिक्षण गर्दा ५९ जनामा कोरोना पोजिटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । नरैनापुरमा शनिबार संकलन गरिएको स्वाब मध्ये अझै ७० र आइतबार संकलन गरिएको ११ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

भारतबाट फर्केका ब्यक्ति मध्ये अझै धेरैको स्वाब संकलन गरिएको छैन । नरैनापुरका क्वारेन्टिनमा भारतबाट हालै फर्केका ब्यक्तीलाई राखिएको छ । अधिकांस भारतको मुम्बईबाट फर्किएका हुन् । सिमापारी आएर बसेका उनीहरुलाई गाउँपालिकाले गत बैशाख २९, ३० र ३१ गते उद्धार गरेर क्वारेन्टिनमा राखेको थियो । भारतबाट फर्केका ८ सय १४ जना ब्यक्ति गाउँपालिकाले स्थापना गरेको विभिन्न १३ वटा क्वारेन्टिनमा बसिरहेका छन् ।  

भारतबाट आएका ब्यक्तिको स्वाब परिक्षण गर्दा नरैनापुरमै ८ जना ब्यक्तिमा यसअघि पनि कोरोना संक्रमण पुष्टी भएको थियो । ती संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये नरैनापुर गाउँपालिका–५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा २४ बर्षिय युवकको आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App