coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शिकार खोज्दै गाउँ पस्न थाल्यो चितुवा

आइतवार मृत भेटिएको चितुवाको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहमा पोष्टमार्टम गरिँदै । तस्विर: डिभिजन वन कार्यालय

गोरखामा केही दिन यता बस्ती क्षेत्रमा चितुवा देखिन थालेको छ । पालुङटार नगरपालिका ९ घडेरीखोलामा आईतावार घर भित्र मृत चितुवा भेटियो । गत शुक्रवार पालुङटार २ को जामुनेमा पनि बस्ती नजिकै मृत चितुवा भेटिएको थियो । लकडाउन यता साना ठुला गरी पाँच वटा चितुवा भेटिएको डिभिजन बन कार्यालयले जनाएको छ । 

अधिकासं चितुवा मृत भेटिने गरेपछि डिभिजन बन कार्यालयले आईतबार भेटिएको मृत चितुवाको कारण पत्ता लगाउन चितवन लगेर पोष्टमार्टम ग¥यो । ‘विष सेवन भएको आशंका छ’ बन डिभिजन प्रमुख तोयानाथ पौडेलले भने ‘चितुवा धेरै मृत भेटिएपछि कारण पत्ता लगाउन र अनुसन्धानका लागि पोष्टमार्टम गरिएको हो ।’ चितुवा देखिने क्रम बढेसँगै घरपालुवा जनावरमाथि चितुवाको आक्रमण दर पनि बढेको छ । 

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग अन्र्तगतको मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले चालु वर्ष एक सय ९३ जना किसानलाई दुई सय ३५ पशुबस्तु चितुवाले मारेपछि क्षतिपूर्ती दिएको छ । ‘अधिकासं बाख्रालाई चितुवाले आक्रमण गरेको भन्दै निवेदन लिएर आउनुहुन्छ’ कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले भने । कार्यालयले २३ लाख ४५ हजार रुपैयाँ क्षतीपूर्ती दिइसकेको छ । गत वर्ष ४२ जना किसानको ८२ वटा पसुबस्तुका लागि ९ लाख ३३ हजार रुपैयाँ क्षतीपूर्ती दिइएको थियो । यो वर्ष सबैभन्दा धेरै बाख्रा १६८, बोका २६, खसी २५ वटा चितुवाले खाएको छ । 

किसानको घरमै चितुवाले पशुबस्तुमा आक्रमण गरेको यो तत्याङ्कले आहारका लागि बस्ती क्षेत्र पस्ने गरेको देखिन्छ । गोरखा नगरपालिकाको नारेश्वर, बारपाक सुलिकोट, अजिरकोट, भिमसेन थापा, शहिदलखन, पालुङटार नगरपालिका क्षेत्रबाट चितुवाले घरमै आएर बाख्रा खाएको निवेदन आउने गरेको मनासलु संरक्षण क्षेत्र सम्पर्क कार्यालयले जनाएको छ । बस्ती क्षेत्रमा भेटिनु र घरपालुवा जनावरलाई आक्रमण गर्ने क्रम बढ्नुलाई चितुवाको संख्यावृद्धी भएको र आहार भने घटेको अनुमान गर्न सकिने डिभिजन बन कार्यालयका अधिकृत महेश पौडेल बताउँछन् । 

‘बसाईसराईका कारण गाउँबस्तीमा मानिस कम छन्, जमिन बाँझिएको छ, जंगल बढेको छ’ उनले भने ‘चितुवाको लागि बसस्थान बढ्दो छ भने शिकार वा आहार घटेकाले बस्ती क्षेत्रमा पस्न थालेको हो ।’ चितुवाका लागि पहाडी जंगलमा रतुवा मृग, चित्तल, कुखुरा, दुम्सी लगायतका जनावर आहार हुन् । मृग केही भेटिने गरेपनि चित्तल कम देखिन्छ । दुम्सी कुखुरा चितुवाले सहजै शिकार गर्न सक्दैन । त्यसैलेपनि चितुवा घरपालुवा जनावरको शिकार गर्न गाउँ पस्ने गरेको अधिकृत पौडेल बताउँछन् ।

 चितुवाको संख्या बढ्दै जानुपनि बस्ती पस्नुको अर्को कारण भएको डिभिजबन प्रमुख तोयानाथ पौडेल बताउँछन् । ‘एउटा पोथी चितुवाले तीन, चारवटा बच्चा पाउँछ, हुकर्ने बतावरणपनि जंगल बढेकाले धेरै छ, अहिले संख्या पनि बढेको हो’ उनले भने । एउटा भाले चितुवाको सिमा क्षेत्रमा अर्को भाले चितुवा कमै बस्नेगर्छ ।

 पोथी चितुवा भने चार, पाँचवटा सम्म बस्छ । ‘चितुवा हिंस्रक बन्यजन्तु हो, यो बढ्नु भनेको मानिस संग द्वन्द्व बढ्नुपनि हो’ उनले भने ‘जनावर र जंगल धेरै हुँदा फाईदा छ, तर हिसं्रक बन्यजन्तु बढ्दा मानिसको घरपालुवा जनावरमा धेरै क्षती पुग्ने दर बढेको देखिन्छ ।’

प्रकाशित: ६ जेष्ठ २०७७ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App