coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चोरबाटोबाट सीमा पार, भारतबाट फर्केको पाँचौ दिनमा संक्रमण पुष्टि

धनुषा जिल्ला जनकपुर उप महानगरपालिकाका २ जना कोरोना संक्रमित थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या १३५ पुगेको छ । सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषाको दुई जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।  

दुवै संक्रमित भारतबाट फर्केर धनुषाको नगराइन नगरपालिकाको गंगुली गाउँमा सञ्चालित प्रादेशिक क्वारेन्टिनमा रहेका व्यतिm हुन । जनकपुर ६ मा चामलको थोक विक्री केन्द्र सञ्चालक जनकपुर ५ घर भएका ४५ वर्षीया पुरुष बैशाख ३१ गत्ते भारतको हरियानाबाट फर्केको क्वारेन्टिन संयोजक सन्तोष कुमार ठाकुरले बताए । उनी होलीको पर्सीपल्ट हरियाना गएका थिए । लकडाउनका कारण उनी त्यहीको होटलमा ४० दिन बसेका थिए ।

लकडाउन नखुल्ने देखेपछि उनी हरियानामै एक ट्रक चामल खरिद गरेर सोही ट्रकमा बसेर सीमानाका भिठामोड सम्म पुगेका थिए । भिठामोडमा चामलको ट्रक मात्र प्रवेश गर्न दिने भएपछि उनी बथनाहा मौवाही नाकाबाट पैदलै सीमा प्रवेश गरेका थिए । बैशाख ३१ गत्ते घरमै बसेका थिए । जेठ १ गत्ते छरछिमेकको दबावमा उनी प्रादेशिक क्वारेन्टिनमा भर्ना भएको संयोजक ठाकुरले बताए । जेठ २ गत्ते उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । सोमबार राती उनको परीणाम पोजेटिभ आएपछि उपचारका लागि प्रदेश २ कोभिड विशेष अस्पताल जनकपुर पठाइएको छ ।

संक्रमित अर्का २१ वर्षीय युवक जनकपुर–२१ निवासी हुन । उनी चैत ९ गत्ते भारत विहान राज्यको बिहारी स्थित आफ्नो मामा घर गएका थिए । चैत ११ गत्तेदेखि लकडाउन लम्बिदै गएपछि उनी मामा घरमै घेरिएका थिए । लकडाउन नखुल्ने देखेपछि उनी बैशाख ३१ गत्ते चोरबाटोबाट गाउँ प्रवेश गरेका थिए । छरछिमेकको दबावमा उनी जेठ १ गत्ते प्रादेशिक क्वारेन्टिनमा भर्ना भएका थिए । जेठ २ गत्ते उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । सोमबार राती उनको परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि प्रदेश २ कोभिड विशेष अस्पताल जनकपुर पठाइएको छ । संक्रमण पुष्टि भएका दुबै जना चोरबाटोबाट सीमा प्रवेश गरेका थिए ।  

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको समग्र व्यवस्थापन र श्रीनाथ गण महेन्द्रनगरको सुरक्षा व्यवस्थापनमा सञ्चालित प्रादेशिक क्वारेन्टिन प्रदेशकै नमूना हो । यस क्वारेन्टिनमा आवास, खानपान, स्थान, शौचालयलगातका समुचित व्यवस्था रहेको संयोजक ठाकुरले बताए ।

भारतबाट फर्केर घरमा बसेका उनीहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरीने प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाले बताए ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App