coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटा र हिले बजारमा घरभाडा मिनाहा

धनकुटा

धनकुटा र हिले बजारका एकसय नौजना घरधनीले घरभाडा  मिनाहा गरेका छन् । लकडाउनका कारण व्यापार,व्यवसाय बन्द भई उद्योगी, व्यापारी र व्यवसायीहरू संंकटमा पर्दै गएकाले धनकुटा उद्योग वाणिज्य संघले सञ्चालन गरेको घरभाडा मिनाहा अभियानअन्तर्गत  धनकुटा र हिलेका एक दर्जन भन्दाबढी घरधनीले घरभाडा मिनाहा गरेका हुन ।  

धनकुटा उद्योग वाणिज्य संघको आह्वानतथा अनुरोधमा धनकुटा नगरपालिका–५ तल्लो कोप्चेकका त्रिभुवन श्रेष्ठ, धनकुटा नगरिपालिका–१ हिले बजारका धनबहादुर मोक्तान, डिबी मोक्तान, कौशिलाबमजन, विष्णु मोक्तान, बिनादेवी घिसिङ, बमबहादुर योञ्जन, जमुना घिसिङ योञ्जन, शुभचन्द्र मोक्तान,दुर्गादेवी घिसिङ, हेमकुमारी लिम्बु, थामबहादुर लिम्बु, जंग क्षेत्री, निरबहादुर गोङ्देन र खगेन्द्र विष्टलगायतका घरधनीले घरभाडा मिनाहा गरेको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्षविजयसन्तोषी राईले बताए ।  

यसैगरी, धनकुटा नगरपालिका–६ का  पूर्णकृष्ण श्रेष्ठ, वडा नंं ७ मदनचोकका पुष्करप्रसाद जोशी, सुखकला राईले पनि घरभाडा मिनाहा गरेको धनकुटा उद्योग वाणिज्य संघले जानकारी दिएको छ । संघले धनकुटा जिल्लाभरिका सबै बजार क्षेत्रका घरधनीलाई लकडाउन अवधिभरको घरभाडा छुट गरी संकटमा सहयोग गर्न अपिल गरेको छ ।  

प्रकाशित: ५ जेष्ठ २०७७ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App