८ वैशाख २०८१ शनिबार
समाज

गुल्मीमा कोभिड-१९ को पहिलो बिरामी,लकडाउन सुरु भए यता गाउँमै थिए

गुल्मीमा पहिलो पटक कोरोना भाइरसको बिरामी भेटिएको पुष्टि भएको छ। आज अपराह्न पुष्टि भएका ५३ जना नयाँ संक्रमित मध्ये गुल्मीका ४१ वर्षीय पुरुषको स्वाब स्याम्पल भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।  

जिल्लाको मदाने गाउँपालिका वडानं न ६का उनी स्थानीय विद्यालयमा अध्यापन गर्ने शिक्षक रहेको गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन्। खडकाका अनुसार उनलाई सामान्य ज्वरो र बान्ता जस्ता लक्षण देखिएको र स्थानीय क्लिनिकमा उपचार गर्दा समेत निको नभएपछि ४/५ दिन अघि बुटवल उपचारका लागि गएका थिए। मणिग्राम स्थित एक निजी अस्पतालमा उपचार गरिरहेका उनको परीक्षणका क्रममा आज मात्रै कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमित बिरामीको ट्राभल हिस्ट्री अनुसार उनि लकडाउन सुरुभए यता कतै पनि यात्रा नगरेको कारणले यो संक्रमण कसरी भयो भन्ने कुरामा आफूहरु अचम्मित भएको उनले बताइन। “यो बिचमा उहाँ कहिँ पनि जानु भएको छैन। बरु हामीले चैत्र १६-१७ गते भारतबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखेर, आरडीटि परीक्षणमा नेगेटिभ नतिजा आएपश्चात घर पनि पठाएका थियौ,” उपाध्यक्ष खड्काले नागरिकसँग भनिन्। संक्रमितसंग बुटवल गएकालाई आइसोलेसनमा पठाइएको बताउँदै अब छिट्टै कन्ट्रयाक ट्रेसिंग र परीक्षण गर्ने कार्य सुरु गर्ने पनि उनले जानकारी गराइन्।

प्रकाशित: ५ जेष्ठ २०७७ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App