coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘कोरोना हिरो गाइजू’ टहरामा

भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित कोरोना हिरो गाइजू बस्दै आएको अस्थायी टहरा ।

नेपालकै पहिलो पटक कोरोनाबाट मृत्यु भएका महिलाको शव दाहसंस्कारको व्यवस्थापन गरेका भक्तपुरका उद्धारकर्मी राजेश गाइजूको परिवार अहिलेसम्म टहरामै छन् । काभ्रेपलान्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपलाल्चोकको बाह्रविसेकी २९ वर्षीया सत्केरीको शव राति नै उठाएर एम्वुलेन्समा राखेर पशुपति आर्यघाटसम्म ल्याई जलाउनेसम्मको सम्पूर्ण काम गरेका ‘कोरोना हिरो गाइजू’ को परिवारले आर्थिक अभावका कारण २०७२ सालको महाभूकम्पले भत्केको घर अझैसम्म पुनर्निर्माण गर्न सकेका छैनन् ।  

पहिलो कोरोनाबाट मृत्यु भएकी महिलाको शवलाई उनी र उनका सहकर्मी उद्धारकर्मी अरुण सैंजूले नेपाल प्रहरी, सशस्त्र प्रहरीसँंग मिलेर सम्पूर्ण दाहसंस्कार कर्म गरेका थिए । शवलाई धुलिखेलबाट काठमाडौंको पशुपति आर्यघाटसम्म छोड्न कुनै पनि एम्वुलेन्स वा शव वाहन मात्रै नभई कोही पनि व्यक्ति अगाडि बढ्न तयार नभएका बेला उनीहरु दुई जनाले सम्पूर्ण दाहसंस्कार गरेका थिए । शवव्यवस्थापन गरेर आएपछि अहिले गाइजू र सैंजू नेपाली सेनाको सूर्यविनायकस्थित गणमा क्वारेन्टिनमा छन् । उनीहरु १४ दिन क्वारेन्टिनमा बसी कोरोना टेष्टमा नेगेटिभ आएपछि मात्रै बाहिर निस्कने छन् ।  

गाइजूको परिवरमा आठ जना सदस्यहरु छन् । उनका पिता ७० वर्षीय कर्णबहादुर, आमा ६४ वर्षीया कृष्णमाया, दाजु कर्णकुमार, भाइजु राधिका, दाइका तीन छोरीहरु पूर्णिमा, पुनम र प्रिया टहरामै छन् । उनीहरु भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित भूकम्पपीडितहरुका लागि बनाइएको अस्थायी शिविरको टहरा र भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीस्थित टहरामा छन् । आर्थिक अभाबमा दाइका छोरीहरु पनि सरकारी स्कुलहरुमा पढ्ने जनाइएको छ ।  

बुबा कर्णबहादुर र आफू ताथलीस्थित आफ्नै खेतको सानो टहरामा खानेसुत्ने र दाइभाउजु र उनका तीन छोरीहरु लिवालिस्थित भूकम्पपीडितहरुको लागि बनाइएको अस्थायी शिविरको टहरामा रहेका छन् । उनका आमा कृष्णमाय (माया गुरुमा) भने भिक्षुणी हुन् । त्यसकारण उनी घर बस्दैनन् । उनी भक्तपुर नगरपालिका वडा नं ६ इनाचोस्थित मुनि विहारमा खानेवस्ने सुत्ने गर्दछन् ।  

कोरोना हिरो गाइजूले ठाउँं अभाबमा दुई वटा टहरामा वस्नुपरेको जनाए । आफूले प्रत्येक दिन राति सुत्ने र खाना खाने ताथलीको टहरामा र विहान चाहिँं लिवालीको टहरामा खाना खाने बताए । विहान कलेज पढाउन गई फर्केर लिवालीको टहरामा गई खाना खाएपछि दिनभरि भने स्वयमसेवकको काममा लाग्ने गाइजूले सुनाए । ३० वर्षीय अभिवाहित गाइजू विहान आदर्श आजाद मावि भेलुखले भक्तपुरमा कक्षा ११ र १२ का विद्यार्थीलाई संस्कृति विषयमा अभ्यापन गराउँंछन् ।  

गाइजू स्काउट लिडर पनि हुन् । नेपाल स्काउट भक्तपुरका आयुक्त रामगोपाल कर्माचार्यले उद्धारकर्मी गाइजू वास्तवमै कोरोना हिरो भएको बताए । नेपाल स्काउटबाट सहायक राष्टिय प्रशिक्षण प्राप्त गाइजू वास्तबमै नेपालको सच्चा सपुत भएको कर्माचार्य औंल्याउँंछन् । कसैले केही फाइदा नलिई कामै नगर्ने अहिलेको स्वार्थी संसारमा गाइजू निर्वास्र्थी स्काउटका पहेरदार भएको टिप्पणी कर्माचार्य गर्छन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App