७ वैशाख २०८१ शुक्रबार
समाज

दमौलीमा कोरोना संक्रमित भेटिएको भन्दै फेसबुकबाट अफवाह फैलाउने पक्राउ

कोरोना भाइरसको बारेमा फेसबुकबाट अफवाह फैलाउने एक युवकलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । दमौलीका तीन जनालाई कोरोना भाइरस देखिएको पुष्टि भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएको भन्दै व्यास नगरपालिका–२ बस्दै आएका तेह्रथुम म्याङलुङ्ग नगरपालिका–७ नागदहका नवराज ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।  

सामाजिक सञ्जाल फेसबुकमार्फत तनहुँको दमौलीमा तीन जना कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिएको भन्दै गलत प्रचार गरेको कारण  ढुङ्गानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल तनहुँका प्रमुख प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए ।

पक्राउ परेका ढुंगानालाई आइतबार ‘झुट्टा अफवाह फैलाउन नहुने‘ शिर्षकमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएका छ । दमौलीमा कोरोना संक्रमित तीन जना पुष्टि भएको छ भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारबाहीका लागि ढुंगानालाई नियन्त्रणमा लिइएको एसपी सिलवालले बताए ।  

दमौलीका एक तरकारी व्यापारी र दुई किराना व्यापारीलाई कोरोना पोजिटिभ देखिएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको उल्लेख ढुङ्गानाले गरेको पोष्टमा उल्लेख थियो । केही समयभित्रै सामाजिक सञ्जालमा भाइरल भएको पोष्टका कारण तनहुँ जिल्लाभर आतंक फैलिएको थियो । तेह्रथुम स्थायी घर भई हाल तनहुँको दमौली मालपोत लाईनमा ढुङ्गाना कन्सलटेन्सी र्फम संचालन गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ । 

प्रकाशित: ४ जेष्ठ २०७७ १५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App