१६ चैत्र २०८० शुक्रबार
समाज

सर्लाहीका १८ वर्षे संक्रमित वैशाख २८ मा काठमाडौं आएका थिए

कन्ट्याक्ट ट्रेसिङमा थप तीनको परीक्षण गर्ने तयारी

शनिबार कोरोना पोजेटिभ पुष्टि भएका सर्लाहीका १८ वर्षीय युवक वैशाख २८ गते राति सर्लाहीबाट काठमाडौ आएका थिए । गत चैत आठ गते लकडाउन अघि सर्लाही गएका उनीसहित पाँच जना मोटरसाइकलमा आएका थिए । उनको साथी र उनको भाइ काठमाडौबाट उनी र उनको बहिनीलाई लिनको लागि काठमाडौंबाट वैशाख २८ गते हेटौडाको बाटो हुँदै सर्लाही गएका थिए । आउने क्रममा संक्रमित युवकले आफू र बहिनीलाई बीचमा राखेर लिएका थिए ।  

दुई रात बसेर पुन वैशाख ३० गते राति नै काठमाडौं आईपुगेका थिए । उनीहरु सवै काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ बसी एक काठ कारखानामा काम गर्छन् । उनीहरु आएको थाहा पाए लगत्तै स्थानीयको सहयोगमा नगरपालिका स्वास्थ्य शाखाले परीक्षणको लागि दवाव दिएपछि वैशाख ३१ गते परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । 

६ जनाको परीक्षण गरिएकोमा युवकको मात्र रिपोर्ट पोजेटिज आएको, एक जनाको रिपोर्ट आउन बाँकी र अन्यको नेगेटिभ रहेको बुढानिल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले बताए । उनको अनुसार उनको सम्पर्कमा थप तीन जनाको परिक्षण गर्न वाँकी छ ।  जस अनुसार उनकी ३३ वर्षीय आमा, १० वर्षीय बहिनी र ८ वर्षीय भाई सुमन ठाकुरको बाँकी छ । उनीहरु तीनै जनाको नमूना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए । युवकको पिता भने युवकसित सम्पर्क हुनु अघि नै आठ दिन अघि जडीवुटी गइसकेका थिए ।  

युवकमा कोरोना पोजिटिभ रहेको थाहा पाएपछि आइतबार नै कन्ट्रयाक्ट ट्रेसिङ गरी सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने काम भएको उनले बताए । कन्ट्रयाक्ट ट्रेसिङ गरी सर्लाहीको स्थानीय निकायलाई समेत खवर गरिसकेको बुढानिलकठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । युवक सर्लाहीको वौरहवा वडा नम्वर – १२ घर भइ कपनमै बस्दै आएका र लकडाउन सुरु हुनु अघि गएका थिए । 

प्रकाशित: ४ जेष्ठ २०७७ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App