coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतबाट लुकीछिपी नेपाल आएका थिए बाँकेमा कोरोनाबाट ज्यान गुमाएका युवक (अपडेट)

बाँकेको नरैनापुरमा स्थापना गरिएको एक क्वारेन्टाइन । तस्बिर:नागरिक

 बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षे युवा भारतको मुम्बइबाट आएको खुलेको छ। आज मृत्यु भएका युवा बैशाख ३० गते नेपाल–भारत अबैध नाकाबाट नेपाल प्रवेश भएका थिए । गाउँपालिकाले तत्कालै उनीसहित करिव ५ सय ब्यक्तिलाई विभिन्न क्वारेन्टाइनमा राखेको थियो ।  उनीसहित भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि नरैनापुरका ८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

नरैनापुर गाउँपालिकाले संचालन गरेको क्वारेनटाइनमा बसिरहेका युवकको आइतबार निधन भएको हो। उनको मृत्यु भएपछि परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ । मृत्यु हुनु अघि अत्याधिक ज्वरो आएको थियो । पछि उनले वान्ता गरेको नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए।

युवकको मृत्युपछि गाउँपालिकाले आकस्मिक बैठक गरेर सुरक्षा व्यवस्थालाई थप बलियो बनाउने प्रयास गरेको छ । सुचना अधिकारी मिश्रका अनुसार स्वास्थ्य कर्मीलाई सर्तक रहन आग्रह गर्दै तीन सदस्यीय स्वास्थ्य कर्मीको बिशेष टिम तयारी गरिएको छ । जसले प्रत्येक समय क्वारेनटाइनमा बसेका ब्यक्तिलाई सहयोग गर्नेछ । गाउँपालिका भएका प्रत्येक क्वारेनटाइनमा एउटा कर्मचारीलाई सुचना संकलन गर्ने र गाउँपालिकामा रहेको २ मध्ये एउटा  एम्बुलेन्स क्वारेनटाइनका लागि मात्र प्रयोग गर्ने निर्णय गरिएको सुचना अधिकारीले बताए ।  

भारतबाट आउनेको संख्या बढदै गएपछि बाँकेमा संक्रमणको सम्भावना उच्च देखिएको छ । नरैनापुर भारतसँग जोडिएको गाउँपालिका हो । अहिले नरैनापुरमा भारतबाट फर्किएका ७ सय १८ जना क्वारेनटाइनमा बसिरहेका आइतबार मृत्यु भएको युवक बसिरहेको दीपेन्द माविमा ३९ बसिरहेका छन् ।  

मृतकमा कोरोना संक्रमण पुष्टी भएपछि स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधी अनुसार कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्ने तयारी गरिएको छ । शव ब्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत टोलीले गर्ने बताइएको छ ।

याे सँगै नेपालमाम कोरोना बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि शनिवार सिन्धुपाल्चाेककी एक सुत्केरी महिलाकाे मृत्यु भएकाे थियाे। 

यो पनि पढ्नुहोस्

कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु

 

प्रकाशित: ४ जेष्ठ २०७७ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App