coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनलाईन पाःलाम प्रतियोगिता

पाँचथर– कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले भईरहेको बन्दाबन्दी (लडडाउन)लाई सदुपयोग गर्ने गरि अनलाईन पाःलाम गायन प्रतियोगिता हुने भएको छ । लिम्बु जातिय संस्कृतिमा आधारीत पाःलामको प्रतियोगिताको तयारी अघि बढाईएको हो ।

याक्थुङ क्लचर गु्रपले ‘पहिलो विश्वव्यापी अनलाईन एकल पाःलाम प्रतिपयोगिता’ आयोजना गर्न लागेको छ । लिम्बु भाषामा आधारीत रहेर नेपाल तथा विभिन्न देशमा छरिए रहेकाहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकका सदस्य गणेश हाङसेम केरुङले जानकारी दिए ।

लडकडाउनलाई सकारत्मक रुपमा सदुपयोग गर्ने गरी प्रतियोगिता आयोजना गरीएको उनले जानकारी दिए । ५ देखि ७ मिनेटको पाःलाम रेकर्ड गरेर इमेल, म्यासेन्जर मार्फत पठाउन मिल्ने गरी तयारी भएको उनले जानकारी दिए । लिम्बु जातीको सघन बसोबास रहेको नेपालको पूर्वी भागमा पाःलाम बेसी सुनिन्छ । यो लिम्बु जातीको लोकप्रिय मौलिक सस्कृती हो ।  

सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र निर्णायकको निर्णयमा आधारीत रहेर नतिजा प्रकाशन गरीने केरुङले जानकारी दिए । निर्णायलाई ६० प्रतिशत र समाजिक सञ्जालको प्रतिक्रियाबाट ४० प्रतिशत मानेर पुरस्कृत छनौट गरीने जानकारी दिइएको छ ।

यासेली योङहाङ, झुमा लिम्बु र मनु नेम्बाङलाई निर्णायकको रुपमा छनौट गरीएको छ । प्रथम हुनेले ३० हजार रुपैँया नगद, एउटा पाःलम रेडर्क र अन्य पुरस्कार दिईने जानकारी दिइएको छ । द्धितिय स्थान हासिल गर्नेले २५ हजार र तृतिय स्थान हासिल गर्नेले २० हजार नगद पुरस्कार पाउने छ । जेठ ३० गतेसम्म पाःलमलाई प्रतियोगितामा सहभागि हुन पाउने केरुङले जानकारी दिए । उनका अनुसार सिसेक्पा तङनाम (साउन–१) को अवसरमा बिजेताको घोषणा हुने छ । 

प्रकाशित: ४ जेष्ठ २०७७ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App