४ वैशाख २०८१ मंगलबार
समाज

भारतीय नागरिकद्वारा सीमामा रहेको सुरक्षा पोष्टमा आक्रमण

झापाको  सीमावर्ती कचनकवलमा सशस्त्र प्रहरीको पोष्टमा भारतीयलेआक्रमण गरेका छन्।  कचनकवल गाउँपालिका – १ घेराबारीमा रहेको सशस्त्रप्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले शनिबार साँझ आक्रमण गरेका हुन्।

एकसय जनाको संख्यामा आएका भारतीयहरुले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्रप्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेको कचनकवल –१ का वडाध्यक्ष लक्ष्मीयादवले बताए। उनले विहारको सुरिभिट्टातर्फबाट आएर आक्रमण गरेका थिए।

१२५ नम्बर सीमा स्तम्भ नजिक रहेको प्रहरी पोस्टमा आक्रमण भएको हो।भारतीयले आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ।नेपाली नागरिक पनि प्रतिकारमा उत्रिएको वडाध्यक्ष यादवले बताए। आक्रमणबाटसशस्त्र प्रहरीको पोष्टमा क्षति पुगेको  छ।

घटनाको प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले भारतीय नागरिकको आक्रमणको विरोध गरेका छन्।  

यसअघिपनि भारतीय नागरिकले बैशाख २३ गते झापा गाउँपालिकाको १३१ सीमा पिलर नजिकखटिएको शसस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो ।  सो घटनामापनि शसस्त्र प्रहरीले २ राउन्ड गोली चलाएको थियो । घटना लगत्तै भारतीयपक्षले माफी मागेको थियो ।

 

प्रकाशित: ४ जेष्ठ २०७७ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App