७ वैशाख २०८१ शुक्रबार
समाज

मृग मारेको आरोपमा ७ जना पक्राउ

रतुवा मृग सिकार गरेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारबाट सात जना पक्राउ परेका छन्। खुमबहादुर माझीलाई मृगको मासु काट्दै गर्दा प्रहरीले गत आईतबार पक्राउ गरेपछि अनुसन्धानका क्रममा अन्य छ जना भने शनिबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रोल्पा घर भई सिउरेनीटार बस्ने इन्द्रजित वली, शिव रेग्मी, डीवी सापकोटा, पूर्णबहादुर माझी, मधु भुजेल, दुर्गाबहादुर भुजेल रहेका छन्। 

माझी सहित छ जना मृग मार्नमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको डिभिजन बन कार्यालयका प्रमुख तोयानाथ पौडेलले बताए। उनीहरुलाई बन ऐन अनुसार बन्यजन्तु सिकार गरेको अभियोगमा मुद्धा दर्ता गरि कारबाही गरिने उनले बताए। 

 

प्रकाशित: ४ जेष्ठ २०७७ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App