coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालमा पहिलो पटक कोरोनाका कारण एक जनाको मृत्यु

 नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी सिन्धुपाल्चोककी एक सुत्केरीको नोबल कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिकरुपमा पुष्टि गरेको छ। छ। अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी रपीसीआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागिकेन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको थियो। 

जेठ १ गते राती साढे ९ बजे धुलिखेल अस्पतालको मूल गेटमैल्याइ पुर्‍याउँदा ती सुत्केरीको स्वास प्रस्वास बन्द  भइसकेकोले इमर्जेन्सीकक्षमा सिपिआर र इन्ट्यूबेटलगायतका प्रक्रियाहरु गरिएको अस्पतालले जानकारीदिएको छ। बिहीबारदेखिनै अस्पतालले थप स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको छ। यतिखेर मृतककोउपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेतक्वारेन्टिनमा राखिएको छ।मृतक महिलाको गाउँ र माइतीलाई सिल गरिएको छ।

मृतक सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९वर्षिया महिला रहेकी र त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भइ २४ गते सुत्केरी भएपछि २५ गते डिस्चार्ज भएर घर फर्केकी थिइन्। सुत्केरी भएको सातौं दिनमास्वास प्रस्वासमा समस्या आए पछि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएकोथियो। केन्द्रमा आइसियु नभएकोले रिफर गरिएको थियो। काठमाडौंमै लैजानेक्रममा वीच बाटोमा गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेलमा आएको थियो।

 

प्रकाशित: ३ जेष्ठ २०७७ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App