७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश दुईमा परीक्षण बढाउन सुझाव

पर्साको सदरमुकाम वीरगन्ज पछिल्लो समयमा कोरोनाको ‘इपी सेन्टर’ बन्न थालेपछि प्रदेश सरकार र सरोकारवालाले चिन्ता जाहेर गरेका छन्।  प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सामुदायस्तरमा कारोना संक्रमण फैलिन लागेकोले यसको ‘नियन्त्रण तथा चुनौतीको व्यवस्थापन’को बारेमा वीरगन्जमा शनिबार बृहद छलफल भएको छ।    

प्रदेश २ सरकारको मुख्यमन्त्रीको सचिवालयले आयोजना गरेको छलफलमा सहभागी भएका सरोकारवालाले बढ्दो संक्रमणको अवस्थामाथी चिन्ता व्यक्त गरे।  सहभागी सबै सरोकारवालाले परीक्षणको दायरा बढाउन मुख्मन्त्री लालबाबु राउत गद्दीसमक्ष माग गरे।  प्रदेश २ मा फेला परेको एक सय ७ कोरोना संक्रमितमध्ये पर्सामा मात्र ९३ केस फेला परेको हो।  नेपालमा नै कुनै एउटा जिल्लामा भएको यो सर्वाधीक संक्रमण हो।  वीरगन्जमा बैशाख ३० देखी अनिश्चित कालीन निषेधाज्ञा जारी भएपछि यहाँ जनजीवनमा निकै कठिनाई भइरेहको अस्वथा छ।  हुनु पर्ने परीक्षणको संख्या एकदमै न्युन रहेकोले निषेधाज्ञाको समयको सद्उपयोग नभएको भनी गुनासो बढेको बेला शनिवार यो छलफल आयोजना गरिएको हो।  

प्रदेश नम्बर २ का मुख्यमन्त्री गद्दीले कारोना रोग संक्रमण नियन्त्रण तथा रोकथाममा  संघीय सरकारको तयारी फितलो भएको गुनासो गरे।  प्रदेश सरकारसँग सहकार्य नगरिएको भन्दै सहकार्यता आवश्यक रहेकोमा त्यो हुन नसकेको धारणा राखे।  महामारीको अवस्थालाई ध्यानमा राख्दै प्रदेश सरकारले अत्याधिक संख्यामा परीक्षणको लागि तीन जिल्लामा प्रयोगशालाको स्थापना, विभिन्न जिल्लाहरुमा कोभिड अस्पताल संचालनको व्यवस्था, पीसीआर मेशिनको जडान तथा ५० वटा भेन्टिलेटर मेशिन खरिदको प्रक्रिया गरिरहेको बताए।  उनले दोश्रो चरणको राहत वितरण, कृषकको व्याज मिनहा लागतका कार्यक्रमहरु पनि लागु गर्न लागेको बताए।  नारायणी लगायत अस्पतालका आइसोलेशनमा रहेका संक्रमितकहरुको खानाको सबै खर्च प्रदेश सरकारले उपलब्ध गराउने उनले बताए।  राम्रो व्यवस्थपन मिलाउन नारायणी अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायलाई उनले निर्देशन समेत दिए।   प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव रामप्रकाश धिमिरेले कारोना नियन्त्रण गर्नको लागि आइसोलेशन तथा क्वरेन्टाइनको व्यवस्थापनमा स्थानीय सरकार तथा जिल्लाका प्रमुख अधिकारीहरुसंग सहकार्य भइरहेको बताए।  वीरगन्ज महानगरपालिका नगर प्रमुख बिजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की, पर्सा कि प्रहरी उपरिक्षक गैंगा पन्त, चिकित्सक लगायतको उपस्थिती थियो।    

 

प्रकाशित: ३ जेष्ठ २०७७ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App