coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला प्रहरीको मुद्दा शाखामा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। रौतहट घर भई जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत २९ बर्षिय प्रहरी जवानमा कोरोना पुष्टि भएको हो।

बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले केही दिन पहिला मुद्दा शाखामा कार्यरत रहेका तीन जना प्रहरी जवानलाई ज्वरो आएको थाहा भएर उनीहरुलाई चेक जाँच गराउन वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा पठाएको बताएका छन्।

चेकजाँचको क्रममा नारायणी उपक्षेत्रिय अस्पतालले स्वाब संकलन गरी परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइको र स्वाब परीक्षणपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले एक जना प्रहरी जवान कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको उपरीक्षक पंगेनीले बताए।

प्रहरी जवान कोरोना भाइरसको संक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय बारालाई सेनिटाइज गर्ने काम शुरु गरिएको र उनका सम्पर्कमा आएको अन्य प्रहरीहरुको पहिचान गरी उनीहरुको स्वाब संकलन गरी परीक्षणको लागि पठाउने काममा लागिएको उनले बताए।

अहिले जिल्ला प्रहरी कार्यालयमा रहेको आइसोलेसनमा उनलाई राखिएको र थप उपचारको लागि बाहिर अस्पतालमा पठाउन सल्लाह भैरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जनाएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७७ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App