६ वैशाख २०८१ बिहीबार
समाज

अलपत्र नेपाली ल्याउने तयारी

झापाको जिल्लास्तरीय कोभिड रोकथाम समितिले सीमावर्ती भारतको पानीट्यांकीमा अलपत्र परेका नेपाली ल्याउने तयारी गरेको छ। भारतबाट ल्याइने नेपालीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्ने अनि संक्रमित नभएको पुष्टि भएपछि सम्बन्धित जिल्ला पठाउने तयारी गरिएको छ।

झापाका स्थानीय तहहरूले भने भारतबाट ल्याइने नागरिकलाई राख्न नसक्ने बताएका छन्। पर्याप्त पूर्वाधार तथा परीक्षण किट अभावसँगै स्थानीयको विरोध हुने सम्भावनाका कारण उनीहरूलाई राख्न अस्वीकार गरेको जनाइएको छ। गाउँपालिका महासंघकी उपाध्यक्ष तथा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले भारतबाट फर्किनेलाई तत्काल राख्न सक्ने अवस्था नभएको बताइन्। ‘बरु यातायातको प्रबन्ध गरिदिन सक्छौं तर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राख्न सकिँदैैन,’ उनले भनिन्, सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरौं, फेरि प्रदेश १ का धेरै कम नागरिक मात्र फर्कने देखिएको छ।’  अध्यक्ष काफ्लेले त्रासको अवस्था सिर्जना हुँदा भइरहेकै क्वारेन्टाइन हटाउन दबाब आएको बताइन्।

सीमावर्ती पानीट्यांकीमा मात्र अहिले एक हजार पाँच सय नागरिक अलपत्र परेको तथ्यांक जिल्लास्तरीय समितिसँग छ।

सीमावर्ती पानीट्यांकीमा मात्र अहिले एक हजार पाँच सय नागरिक अलपत्र परेको तथ्यांक जिल्लास्तरीय समितिसँग छ। समितिका प्रमुख सोमनाथ पोर्तेलले भारतबाट ल्याउन सरकारसँग अनुमति मागिएको बताए। उनले स्वदेश आएका नागरिकलाई स्थानीय तहको क्वारेन्टाइनमा राख्ने तयारी थालिएको र त्यसका लागि छलफल भइसकेको बताए। ‘अन्तिम छलफल आइतबार हुनेछ, भारतबाट ल्याइएका सबै नागरिकलाई झापाकै क्वारेन्टाइनमा राख्ने तयारी छ,’ उनले भने, ‘अहिले जिल्लामा भएका क्वारेन्टाइनको प्रयोग गर्ने, नभए विद्यालय भवनलाई समेत प्रयोग गर्ने योजना छ।’

अहिले झापामा २६ वटा क्वारेन्टाइनमा आठ सय ९२ जना राख्ने सक्नेगरी स्थानीय तहले क्वारेन्टाइन बनाएका छन्। त्यस्तै जिल्लास्तरको एक सय ७० वटा क्वारेन्टाइन छन्। ती सबै क्वारेन्टाइनमा अहिले भारतबाट आउने भनिएका नागरिक अट्ने अवस्था छैन। भएका क्वारेन्टाइनमा समेत पूर्वाधारको अभाव छ।  सभापति पोर्तेलका अनुसार भारतमा आवतजावत खुकुलो भएसँगै जिल्लामा आउने नागरिकको संख्या २५ हजार हुने सम्भावना छ। ‘त्यसका लागि मोरड र सुनसरीका स्थानीय तहसँग पनि समन्वय गर्दैछौं,’ उनले भने, ‘त्यसो हँुदा सबै स्थानीयतहले राख्न सक्ने अवस्था रहनेछ।’

प्रकाशित: ३ जेष्ठ २०७७ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App