१५ चैत्र २०८० बिहीबार
समाज

सीमानामा जहिल्यै दु:ख दिन्छन्

नेपाल–भारत सीमाना

पाँचथरको फालेलुङ गाँउपालिकाको चारराते भन्ने ठाँउ रहेको सिमा स्तम्भ, पृष्ठभुमिमा कञ्चनजंघा र कुम्भकर्ण हिमाल । तस्बिर : गिरिराज बाँस्कोटा / नागरिक

पाँचथर – फालेलुङ गाँउपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजीएको संग्रालय भवन निर्माणमा भारतीय सुरक्षकर्मीले रोकेपछि माहोल केहि तातिएको छ । नेपाली भुभिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चिन्ता बढेको देखिन्छ ।यस किसिमको अवरोध भारतीय सिमा सुरक्षा बल (एसएसवि)ले विगत पटक–पटक गरेको पाईन्छ । उच्च पहाडी क्षेत्रमा भएको सिमानामा नेपाल तर्फ दरबिलो सरकारी उपस्थीति नहुँदा सिमा आसपासका क्षेत्रमा बढि अवरोध पु¥याउने गरेको छ ।  

भारततर्फ सिमानै जोडिएकै ठाँउमा सडक, घर लगायका पूर्वाधार छन् । तर नेपाल तर्फ दशगजा कटाएर निर्माण गर्दा पनि अवरोध गर्ने गरेको पाईन्छ । सन्दकपुरमा बनाईने भ्यूटावर बनाउदा अवरोध गरेका थिए । आहालमै केहि बर्ष अगाडी भ्यू टावर बनाउने काम भारतीय सुरक्षाकर्मीले रोक्न खोजेका थिए । यस्ता अवरोधहरु सिमा क्षेत्रमा पटक पटक हुने गरेका छन् । सिमाक्षेत्रमा पर्ने फालोटसम्म भारततर्फ सडक छ । कतिपय ठाँउमा दशगजा नदिकै भारतले पूर्वाधार बनाएको छ । तर नेपाल तर्फ भने दशगजा कटाएर निर्माण गर्दापनि अवरोध हुने गरेको छ ।

सिमा आसपासका आर्कषक पर्यटकिय गन्तव्यहरुमा पूर्वाधारका कामहरु गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक्न गरेका छन् । नेपाल तर्फ पदमार्ग निर्माणका क्रममा समेत केहि पटक अवरोध पु¥याएको देखिन्छ । नेपालीहरुले पनि भारत तर्फकै सडक प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । गत बर्ष नेपाल तर्फ निर्माण समाग्रि ल्याउन पनि रोक लगाएको थियो ।  

मेची पहाडी क्षेत्र पर्यटन विकास समितले सिमा क्षेत्रमा काम अघि बढाउदा समय समयमा अवरोध हुने गरेको थियो । ‘सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हेप्ने गरेका छन् । पटक पटक नेपालकै भुमिमा काम गर्दा पनि समस्या झेल्नु पर्ने बाध्यता रहेको छ’ समितिका योजना तथा लेखा अधिकृत संजीव पौडेलले भने ‘उपभोक्ता समितिलाई लखेटेका समेत घटना  छन् । नेपाली भुमिनै हाम्रो पर्छ भन्दै दुख दिने गर्छन् । यहाँ दरबिलो सरकारी उपस्थीति नहुदा हेप्ने गरेका छन् ।’

उनले भनेझै यहाँ काम गर्दा निक्कै समस्या भोग्नु परेको थियो । गत बर्ष फालोटमा पदमार्ग बनाउदा पनि रोक्न खोजेको अनुवभ सुनाउँछन् त्यहाँका गोठ सञ्चालक चन्द्रलाल नेपाल बताउँछन् । ‘हामी ठुलो संख्यामा थियौँ । उनीहरुसँग प्रतिरोध गरेरै काम गर्नु पर्यो’ नेपालले भने ‘सरकारी उपस्थीति नहुँदा सिममा हेपाईमा पर्ने गर्छ । पटक पटक यस प्रकारका समस्या हुने गरेका छन् ।’ नेपाल तर्फ पूर्वाधारको काम गर्दा इलाम, पाँचथरका विभिन्न ठाँउमा भारतीय सुरक्षाकर्मीले दुख दिने गर्छन् । सिक्खिम भन्दा पनि बढि समस्या वेष्ट बङ्गालसँग सिमा जोडिएका क्षेत्रमा छ ।  

पाँचथरका फालेलुङ र याङवरक गाँउपालिका भारतसँग जोडिन्छन् । जिल्लाको ४४ दशमलव ३८ सिमाना भारतसँग रहेको छ ।  यहाँका सिमा स्तम्भ समेत हराएका छन् । मुख्य २३, साहयक ४९ र सानो ४१ वटा गरी १ सय १३ वटा पिलर संख्या रहेका छन् । यी मध्ये १९ वटा हराएका छन् ।  

नेपाल तर्फ छैन सरकारी उपस्थिति 

उच्च पहाडी क्षेत्रमा पर्ने सिमा क्षेत्रमा नेपाल तर्फ सरकारी उपस्थीति सुन्य प्रायः छ । बेला बेला गस्तीमा प्रहरी पुग्ने बाहेक सिमा क्षेत्र निगरानी विहिन छ । नेपाल तर्फका प्रहरी चौकिबाट सिमा क्षेत्र पुग्नलाई घण्टौँ लाग्छ । नेपाल तर्फ दरविलो सरकारी उपस्थीति नहुँदा हेपाईमा पर्नु परेको यहाँका बासिन्दाको भनाई छ ।

फालोटका नेपालका अनुसार सिमा क्षेत्रमा चौरी पालकहरुले सिमाको संरक्षण गरीरहेका छन् । च्याङ्थापुमा रहेको सिमा प्रशासन कार्यालयबाट सिमाना पुग्न झण्डै एक दिन लाग्छ । सुरक्षा निकाय तथा अन्य सरकारी निकायको उपस्थीति सिमा क्षेत्रमा नहुँदा समस्या हुने गरेको चाररातेका गोठ सञ्चालक जंग राई बताउँछन् ।

भारतीय सुरक्षाकर्मीसँग कुरा गर्दिने कोहि पनि हुदैन । सिमासम्म नेपालबाट सडक पु¥याएपनि गाडी लैजान निक्कै गठिन छ । भारत तर्फ बाक्लो सुरक्षा उपस्थीति  छ । हरेक ६ किलोमीटर एसएसबिको क्याम्प छ । बन लगायतका सरकारी कार्यालय समेत रहेका छन् । नेपाली भुमिमा भारतीय गाडीहरु निर्भाद रुपमा कुद्ने गरेका छन् । गत बर्ष चाररातेमा एसएसबीले पोखरी बनाउन लागेपछि यहाँ गोठ सञ्चालकहरुले विरोध गरेपछि रोकिएको थियो ।  

सिमा क्षेत्रमा शसस्त्र प्रहरी राख्ने भन्ने चर्चा भएको धेरै भएपनि काम हुन सकेको छैन् । चिवाभञ्याङमा शसस्त्र क्याम्प राख्ने भनेर पटक पटक चर्चा भएपनि राखिएको छैन् । जिल्लामा पाँच स्थानमा शसस्त्र प्रहरी राख्ने भनिएपनि हालसम्म एकठाँउमा पनि राखिएको छैन् ।  

नेपाललाई घुम्छन, भारतलाई फाईदा  

सिमा क्षेत्रमा पर्यटकिय गन्तव्यहरु पर्याप्त रहेका छन् । नेपालतर्फ घुमघाम गरेपनि भारतलाई फाईदा पुग्छ । यहाँ पदमार्ग, आवसगृह लगायतका पर्यटकिय पूर्वाधार निर्माणमा अवरोध गर्नुको कारण पर्यटन पनि भएको स्थानीय सिल्प राई बताउँछन् । ‘नेपालका विभिन्न गन्तव्य घुमेपनि आम्दानी भारतलाई भईरहेको छ । नेपाल तर्फ न होटल छन्, न पसल छन् । नेपालतर्फ पूर्वाधार बने यता पर्यटक आएर बस्छन् भनेर पनि रोक्न खोज्छन्’ उनले भने ‘नेपाल तर्फ विकास नहोस भन्ने नियत समेत देखिन्छ ।’

राईले भनेझै नेपाल तर्फ पर्यटकिय पूर्वाधार छन् । हिमाली दृष्य, सुर्योदय, चौरीपालन तथा फराकिला डाँडाहरुमा पर्यटकहरु रमाएका भेटिन्छन् । भारत तर्फ पर्यटकलाई राख्न सरकारी गेष्ट हाउसदेखि होटलहरु छन् । तर नेपालमा भने त्यस्तो पूर्वाधारको निर्माण हुन नसक्दा नेपालले आम्दानी लिन सकेको छैन । होटल तथा अन्य पशल समेत छैनन् । सन्दकपुर, आहाल, चारराते, तोरीफूले, फालोट जस्ता महपूर्ण पर्यटकिय गन्तव्य रहेका छन् ।  

भारत तर्फको बन सरक्षित छ । विभिन्न पूर्वाधारको निर्माण भएको छ । नेपालमा ठुला पूर्वाधार निर्माण हुन सकेको छैन् । पदमार्ग लगायतका सरचना समेत नेपाल तर्फ बन्न सकेको छैन् । साना साना पूर्वाधारका काम अघि बढाउन खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याउने गरेका छन् ।  

प्रकाशित: २ जेष्ठ २०७७ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App