coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

साँगे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

तनहुँ- व्यास नगरपालिका–६ बाह्रबिसे स्थित साँगेखोलामा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १२ वर्षीय अंकित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  

पौडी खेल्ने क्रममा बालक डुवेपछि स्थानियले देखेर बालकको उद्धार गरेर उपचारको लागि दमौली अस्पतालमा ल्याएका थिए । रानाको दमौली स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा चिकित्सकिले मृत्यु घोषणा गरेको डिएसपी लामिछानेले बताए ।बालकको शव दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: २ जेष्ठ २०७७ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App