७ वैशाख २०८१ शुक्रबार
समाज

अनलाइन शिक्षामा प्राविको पहुँच असंभव, आधारभूत तहका बालबालिका समेट्न चुनौति

७५ प्रतिशत विद्यार्थी काठमाडौं बाहिर

काठमाडौं- कोरोनाबाट जोगिन सरकारले लकडाउन सुुरु गरेसाथै विद्यालय तहका सबै बालबालिकाहरु आफ्नो अभिभावका साथ घर हिँडे । अहिलेको अवस्थामा कोरोना संक्रमितको सँख्या थपिँदै जाँदा सरकारले लकडाउन झनै कडा बनाएको छ । धेरै जसो अभिभावकहरु अवसर र बालबालिकालाई राम्रो शिक्षा दिलाउने उदेश्यले काठमाडौं बस्दै आएका थिए । तर हाल काेरोनाको त्रासले सबै उपत्यकाबाहिर आफ्नो जिल्ला फर्केकोले सम्पर्क गर्न समस्या छ ।

यस्तो अवस्थामा सरकारले सुरु गर्ने भनि निर्देशन दिएको अनलाइन शिक्षा अन्तर्गत कक्षाहरु संचालन गर्न निकै चुनौति रहेको सामुदायिक स्कुलका प्रधानाध्यापकहरुले बताएका छन् । बिहिबार शिक्षा पत्रकार संजाल नेपाल (इजोन)ले आयोजना गरेको अनलाई कक्षाको प्रभावकारिताबारे अनलाइन छलफलमा सामुदायिक स्कुलका शिक्षकहरुले कक्षा संचालन गर्न चुनौति थपिएको बताएका छन् ।  

काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन नमुना माध्यामिक विद्यालयले जुम एप प्रयोग गरी शिक्षकहरुसँग मिटिङ र नतिजा प्रकासन गर्न सम्म भ्याएको छ । र अनलाइनबाट नतिजा प्रकासित गरेको पनि धेरै विद्यार्थीहरुले थाहनै पाएको छैन । स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले स्कुलका ७५ प्रतिशत विद्यार्थीहरु आमाबुवासाथै उपत्यकाबाहिर हिडेका छन् । उनीहरु सम्पर्कमा आउन सकेका छैनन् ।  

‘प्राथमिक तमह कक्षा १ देखि ५ सम्मका नानीहरुलाई अनलाइन कक्षा संचालन गर्न असंभावै छ भने कक्षा ६देखि ८सम्मलाई अनलाइन समेट्न सम्पर्क गर्न सकिने अवस्था छैन । यसैगरी माध्यामिक तहका कक्ष ९ देखि १२ सम्मलाई म्याजेन्जरबाट समुह बनाएर कक्षा संचालन गर्न खोजियो,’ प्रधानाध्यापक कँडेलले अनुभव सुनाए ‘मुस्किलले २५ प्रतिशतको उपस्थित हुन्वछ । ’ उनले थपे ‘उपस्थित हुनेहरुले समेत कक्षामा प्रत्यक्ष बुझने गरी पाठहरु बुझ्न नसकेको पाइएको छ ।’ कक्षा १०, ११ र १२मा जुम एप्स प्रयोग गरिएर कक्षा संचालन गरे पनि प्रभावकारी नभएकोले हालको अवस्थामा अनलाइन कक्षा त्यति प्रभावकारी नहुने उनको ठहर छ । उनले स्कुलका ७५ प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा नरहेकोले सम्पर्क गर्नै चुनौति रहेको जनाए । सरकारले विद्यालयहरुलाई पाठ्यपुस्तक वितरण गर्ने निर्देशन दिएकोले विद्यालयमा आउन सक्ने अभिभावक जतिलाई समाजिक दूरी कायम गर्दै पाठ्यपुस्तक वितरणसम्म गर्ने स्कुलले योजना रहेको जनाए ।  

छलफलमा सहभागिता डिल्लीबजारमा रहेको पदमकन्या माविले अनलाइन कक्षाको सक्दो प्रयास गरे पनि कक्षा १०, ११  र १२का विद्यार्थीलाई मात्र केहिहदसम्म समेट्न सकेपनि आधारभूत तहका विद्यार्थी सम्पर्कमै नआएको स्कुलकी प्रधानाध्यापक रीता तिवारीले जनाइन् । आधारभूत तहका विद्यार्थी र तीनका अभिभावकलाई फोनबाट सम्पर्क गर्ने गरेका छौं । तर पाठहरु फोनबाट सिकाउन सकिएको छैन । उनीहरुलाई अनलाइन माध्यमका प्रविधिबाट शिक्षा दिन गाहो छ । ‘निम्न आय भएका छोरीहरु मात्र हाम्रा स्कुलमा पढ्छन् । धेरैसँग आधुनिक फोन समेत छैन ,’ प्रधानाध्यापक तिवारीले भनिन् ‘माध्यामिक तहका विद्यार्थीलाई हामीले म्याजेन्जरबाट समुह बनाएर गृहकार्य दिने गरेका छौं ।’ उनले थपिन्र‘थोरै सँख्यामा विद्यार्थी सहभागिता हुन्छ । सबैलाई समेट्न मुस्किल छ । समुहमा ज्वाइन भएका विद्यार्थीले म्यासेन्जरबाटै समस्या हल गरेर पठाउँछन् ।’ हालको समयमा अनलाइन शिक्षा संचालन अवसर र चुनौति दुबै हो ।  

शिक्षकहरुले जुम डाटाबाट एपको प्रयोग गरी केहि विद्यार्थीलाई मनोसमाजिक पामर्स सम्म दिएको उनले जनाइन् । ‘सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाइ खर्च जुटाउनै मुस्किल रहेको अवस्थामा डाटाबाट एपहरुबाट कक्षामा सहभागिता जनाउन गाहे छ,’ तिवारीले विद्यार्थीसँगको अनुभव बाडिन् ‘हालको समयमा विद्यार्थीलाई रिभिजन र भुलाउने काम मात्र अनलाइन शिक्षा हो ।’

रुपन्देहीको कन्चन गाँउपकालिकामा रहेको गजेडी माविले पनि सरकारी निर्देशन अनुसार अनलाइन कक्षा संचालन गर्यो । स्कुलकी प्रधानाध्यापक रेश्मा वाग्लेले विद्यालय तहका विद्यार्थीसँग अनलाइनबाट कुराकानी र केहि विषयहरुका छलफल गरिए पनि नयाँ पाठहरु सिकाउन नसकिएको बताइन् । उनले गणित र विज्ञान विषयको कक्षा अनलाइनबाट संचालन गर्न नसकिने जनाइन् । उनका अनुसार माध्यामिक तहमा केहि विद्यार्थी समेटिए पनि अनलाइनका माध्यमबाट तल्लो कक्षाका विद्यार्थीहरु समेट्न असंभावनै छ।

 धनगढीको मनिहरास्थित सरस्वति माविका शिक्षक चन्द्रकला दावडीले  एसइई परीक्षाको तयारीमा रहेकाहरुकोलागि विभिन्न सिकाइ सामाग्रीहरु वेवसाइ र एप्सहरुबाट  उपलब्ध गराइन रिभिजन मात्र गराउँदै आएको जनाइन् । उनका अनुसार। सुदूरपश्चिम प्रदेशमा समाजिक विकास मन्त्रालयले रेडियो शैक्षिक सामाग्री तयार गर्न सहकार्य गरिरहेको जनाइन् । पाल्पाको दर्लमडाँडा माविका शिक्षक भूपति बस्यालले अनलाइन शिक्षा हालको परिस्थितमा अवसर भएकोले सरकारले यस तर्फ प्रयाप्त बजेपटनै बिनियोजन गरी निरन्तर कार्यक्रम संचालन गर्र्न जोड दिनु पर्ने सुझाए ।  

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २ जेष्ठ २०७७ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App