७ वैशाख २०८१ शुक्रबार
समाज

बाँकेमा ८ जना थपिए‌संगै काेराेना संक्रमित संख्या ३३ पुग्यो

बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार ८ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै बाँके लगायतका भारतसँग जोडिएका जिल्लामा संक्रमण फैलने जोखिम बढ्दै गएको छ ।  

शुक्रबार संक्रमित पुष्टि भएका ८ जना नरैनापुर गाउँपालिकाका हुन्। उनीहरू सबै भारतबाट फर्किएका थिए । नरैनापुर भारतीय सीमाना सँग जोडिएको गाउँपालिका हो । जहाँ सुरक्षाकर्मीलाई छलेर चोरी बाटो हुँदै आएकाकाे संख्या धेरै छ ।  

पिसिआर माध्यमबाट परिक्षण गर्ने क्रममा उनीहरूमा कोरोना भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेमा नरैनापुर गाउँपालिकामा ५ सय भन्दा बढि नागरिक भारतबाट फर्केर क्वारेनटाइनमा बसिरहेका छन्।  

भेरी अञ्चल अस्पतालमा भारतबाट आएका ४५ जनाको परिक्षण गरिएको थियो । शुक्रबार संक्रमित हुने नरैनापुर गाउँपालिकाको वडा नम्बर १, ३ र ५ नम्बर वडाका १८ देखि ३६ वर्ष उमेर समुहका छन्। पछिल्लो समय भारतबाट फर्कने नेपालीको संख्या बढ्दै गएपछि संक्रमण फैलने जोखिम बढेको छ ।  

भारतबाट स्वदेश फर्कने नेपालीको संख्या दैनिक बढ्दै गइरहको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा पनि बढेको छ । कोरोना संक्रमित थपिएसंगै बाँकेका स्थानीय तहलाई थप चुनौति बढेको छ ।

बाँकेको नरैनापुर मात्र होइन भारतीय सीमानासँग जोडिएका बाँके, बर्दिया, रुपन्देही, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भारतबाट घर फर्कने नेपालीको संख्या बढिरहेको छ । हरेक दिन भारतबाट फर्किरहेका नेपालीको भीड दसगजामा बढ्दै गएको छ । 

प्रकाशित: २ जेष्ठ २०७७ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App