७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखा आउनेहरु सिँधै क्वारेन्टाइनमा

जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकाहरु सिधै क्वारेन्टाइनमा राख्न थालिएको छ । गोरखा भन्दा बाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकाहरुलाई स्थानीय तह, प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो ।  

जिल्ला ‘सिल’ भएयता छिमेकी जिल्ला तनहुँदेखि रौतहट, उदयपुर, काठमाडौँ लगायत ठाउँबाट आएका सबैलाई सामूहिक क्वारेन्टाइनमा राखिएको छ । गोरखा नगरपालिका १० बिरेन्चोकमा रहेको क्वारेन्टाइनमा १२ जना, आरुघाट गाउँपालिकाको आर्खेतमा ३, आरुघाट बजारमा ७ जना रहेका छन् भने पालुङटार नगरपालिकामा ६ जनालाई सामूहिक क्वारेन्टाइनमा राखिएको छ । ‘गोरखा भित्रने नाकामा नेपाली सेनासहितको सुरक्षाकर्मी र कर्मचारी पनि छन्, नयाँ ब्यक्ति प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको छ’ नगरप्रमुख राजनराज पन्तले भने । क्वारेन्टाइनमा बस्नेहरुलाई खाने बस्ने स्थानीय तहले गरेका छन् । स्वास्थ्यकर्मीको निगरानी नियमित रहेको र सुरक्षाकर्मीले सुरक्षा दिएका छन् र

‘लुकेर आएकाहरु केही नाकामा भेटिएका छन् भने कतिपय गाउँघर पुगेपछि जनप्रतिनिधीसम्म खबर पुग्ने गरेको छ’ एसपी ओमप्रसाद अधिकारीले भने ‘संभावित खतरामुक्त गराउन क्वारेन्टाइनमा राखिएको हो ।’ बिहीबारबाट गोरखा जिल्लालाई स्थानीय प्रशासनले ‘सिल’ गरेपछि खाद्यान्न निर्माण सामग्री बोकेका सवारी चलेका छैनन् भने जिल्ला भित्रने नाकामा कडाइ गरिएको छ । सर्वसाधारण लुकिचोरी छिर्ने गरेपछि टोलटोलमा नयाँ आएका ब्यक्तिको निगरानी बढाइएको छ ।  

११ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ । विद्यालय, सामुदायिक भवन लगायतका ठाउँहरुमा निर्माण भएका क्वारेन्टाइनमा अन्यत्रबाट नयाँ आएका मानिसलाई राख्ने तयारी स्थानीय तहको छ ।  

 

 

 

प्रकाशित: २ जेष्ठ २०७७ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App