७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना भाइरस उपचार केन्द्र बनाउन लागिएको कलैया अस्पतालको विकल्प खोज्न माग

प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध शुरु भएको छ । प्रदेश सरकारको निर्णयले कलैया अस्पातलले दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरु अवरुद्ध हुने भएकोले यसको बिकल्प खोज्न माँग गदैैै बिरोध शुरु भएको हो ।

कलैया उपमहानगरपालिका, नेपाली काँग्रेस बारा, नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ बारा, ट्रेड युनियन बारा, जिल्लाको स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन लगाएतकाले यसको बिकल्प खोज्न माँग गर्दै बिरोध शुरु गरेका हुन्।

कलैया अस्पतालले जिल्लाभरिबाट आउने गरिब असहाय तथा विपन्न वर्गहरुका लागि एक मात्र उपचारको थल्लो रहेकोले यसको बिकल्प खोज्नु पर्ने प्रदेश सरकारसँग उनीहरुले माँग गरेका हुन्।

कलैया उपमहानगरपालिका ३ मा रहेको प्रदेशि शैक्षिक तालिक केन्द्र र ५ मा रहेको सिँचाई कार्यालयको भवनबाट कोरोनाको उपचार शुरु गर्नु पर्ने माँग समेत उनीहरुले गरेका छन्।

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले प्रदेश सरकारले कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णय उपयुक्त नभएको बताएका छन्।

अहिले कलैया अस्पतालबाट दिई रहेको सेवाहरु बन्द हुँदा दैनिक सयौ बिरामीहरुले प्रत्यक्ष रुपमै यसबाट समस्यामा पर्ने भएकोले यस बिषयमा प्रदेश सरकारले सोच्नु पर्ने प्रमुख यादवले बताए।

कलैया बजार क्षेत्र भन्दा नजिकै रहेको सिँचाइ कार्यालयलाई पनि कलैया अस्पतालको विकल्प प्रयोग गर्न प्रदेश सरकारलाई सुझाव समेत उनले दिएका छन्। मेयर यादवले नगरको तर्फबाट विज्ञप्ति नै जारी गरी यस्तो सुझाव दिएका हुन्।  

कलैया अस्पतालबाट जिल्लाका १६ वटै स्थानीय तहबाट आउने गरिब असहाय तथा विपन्न वर्गहरुले सस्तोमा सेवा लिई रहेको अवस्थामा पछि तिनीहरुको उपचार नै बन्द गरिनु पर्ने भएकोले यसको बिकल्प खोज्नु पर्ने माँग गरिएको नेपाली काँग्रेस बाराका सभापति भोला चौरसियाले बताएका छन्।

कलैया अस्पतालका मेडिकल सुपरिटेण्ड बिरेन्द्र कुमार मण्डलले कलैया अस्पताललाई कोरोना उपचार केन्द्र बनाउने लागिएकोमा बिरोध शुरु भएको र यसको जानकारी समाजिक बिकास मन्त्रालयलाई गराइएको बताएका छन्।

कोरोना भाइरसका बिरामीहरुको उपचार शुरु भए पछि कलैया अस्पतालबाट दिइदै आएको सेवाहरु बारा नर्सिक होम र वीरगन्जको नारायणी उप क्षेत्रिय अस्पतालबाट दिने निर्णय गरिएको उनले बताए।

प्रकाशित: १ जेष्ठ २०७७ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App