coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फौजी किराको प्रकोप (अपडेट)

पाँचथरको हिलिहाङ गाउँपालिका–४ मा फौजी किराले क्षति पुर्‍याएको मकै देखाउदै किसान डिल्ली सुवेदी । तस्बिर : गिरिराज/नागरिक

पाँचथर– कोरोना भाइरस (कोभिड–१९)को त्रास फैलिरहेका बेला अमेरीकन फैजी किराको प्रकोप देखिएको छ । मकै खेतीमा देखिएको प्रकोपका कारण किसानमा चिन्ता छाएको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरीरहेको छ ।  

प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकैमा देखिएको प्रकोप अन्यबालीमा जाने चिन्ता उत्तिैक छ । भदौँमा ओखलढुङ्गादेखि देखिएको फौजी किराले त्यति बेलापनि विभिन्न जिल्लामा क्षति पुर्‍याएको थियो । पछिल्ला केहि साता यता फेरी फौजी किराको प्रकोप देखिएको हो । पाँचथर, तेह्थुम, धनकुटा लगायतका प्रदेश १ का पहाडी जिल्लामा फौजी किराको प्रकोप बढ्दै छ ।  

यो पल्ट तीव्रतर गतिमा फौजी किरा फैलिरहेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए । किराको नियन्त्रणका लागि विषादी छर्कने काम अघि बढाइएको उनले जानकारी दिए । ज्ञान केन्द्र तथा स्थानीय तहले विषादी हान्न थालीएको उनले बताए ।  

औलतीरको क्षेत्रमा प्रकोप बढिरहेको छ । छिटो छिटो विस्तार हुँदा समस्या परेको छ । किरानहरुका लागि यो प्रकोप नौलो देखिएको छ । विगतमा नदेखिएको समस्याले मकैबारीनै सखाप हुने अवस्थामा पुगेको पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीका किसान डिल्ली सुवेदीले बताए । ‘मकै फस्टाएर आउदै थियो । खै कस्तो खाले किराले बोट पात सबै खाईदियो । गाउँभरीनै यो समस्या देखिन थाल्यो । फेरी कति छिटो फैलिएको’, टारबारी देखाउदै उनले भने ‘यो किराले त सक्ने रहेछ ।’

रोग किरा नियन्त्रणका लागि विषाधी समेत हान्न थालीएको छ । तर व्यापाक क्षेत्रमा फैलिएकाले नियन्त्रणमा समस्या छ । अहिले मकैमा देखिएको समस्या अन्यबालीमा समेत फैलिने खतरा छ । हिहिहाङ–७ मा विषादी हान्ने अभियाननै चलाईएको स्थानीय कृषक गणेश पोखरेलले जानकारी दिए ।

 

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App