coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मकैमा फौजी किराको प्रकोप (अपडेट)

पाँचथरको हिलिहाङ गाँउपालिका–४ मा फौजी किराले क्षती पु¥याएको मकै देखाउदै किसान डिल्ली सुवेदी । तस्बिर : गिरिराज बाँस्कोटा / नागरिक

पाँचथर– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास बढिरहेको बेला अमेरीकन फौजी किराको प्रकोप देखिएको छ । मकै खेतीमा देखिएको प्रकोपले  किसानहरु चिन्तित हुन थालेका छन् । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरिरहेको छ ।

 प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकैमा देखिएको प्रकोप अन्यबालीमा जाने चिन्ता उत्तिैक छ। भदौमा ओखलढुङ्गादेखि देखिएको फौजी किराले त्यति बेलापनि विभिन्न जिल्लामा क्षती पु¥याएको थियो। पछिल्लो केहि साता पाँचथरमा फेरि फौजी किराको प्रकोप देखिएको हो । पाँचथर, तेह्थुम, धनकुटा लगायतका प्रदेश १ का पहाडी जिल्लामा फौजी किराको प्रकोप बढ्दै छ ।  

यो वर्ष फौजी किरा प्रकोप तीव्र रुपमा फैलिरहेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए।  किराको नियन्त्रणका लागि विषाधि छकर्ने काम अघि बढाइएको उनले जानकारी दिए। ज्ञान केन्द्र तथा स्थानीय तहले विषाधि हान्न थालिएको उनले बताए । औलतीरको क्षेत्रमा प्रकोप बढिरहेको छ । छिटो छिटो विस्तार हुँदा समस्या परेको छ । किरानहरुका लागि यो प्रकोप नौलो देखिएको छ । 

विगतमा नदेखिएको समस्याले मकैबारीनै सखाप हुने अवस्थामा पुगेको पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीका किसान डिल्ली सुवेदीले बताए । ‘मकै फस्टाएर आउदै थियो । खै कस्तो खाले किराले बोट पात सबै खाईदियो । गाँउभरीनै यो समस्या देखिन थाल्यो । फेरी कति छिटो फैलिएको’, टारबारी देखाउदै उनले भने ‘यो किराले त सक्ने रहेछ ।’

रोग किरा नियन्त्रणका लागि विषाधी समेत हान्न थालिएको छ । तर व्यापाक क्षेत्रमा फैलिएकाले नियन्त्रणमा समस्या छ । अहिले मकैमा देखिएको समस्या अन्यवालीमा समेत फैलिने खतरा छ । हिहिहाङ–७ मा विषाधी हान्ने अभियाननै चलाईएको स्थानीय कृषक गणेश पोखरेलले जानकारी दिए ।

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App