६ वैशाख २०८१ बिहीबार
समाज

आइसोलेशन वार्डबाट फरार भएकाहरू पक्राउ

वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट फरार भएका दूई जना कोरोना भाइरसबाट संक्रमीत बेग्लै बेग्लै ठाउँबाट फेला परेका छन ।

भागेका मध्य एक जनालाई नेपाल प्रहरीले वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिक बाट नियन्त्रणमा लिएको हो । उनलाई तिलावे पुल कटेर पश्चिम जादै गरेको अवस्थामा साझ प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

भागेका अर्का एक जना वीरगन्जकै श्रीराम सिनेमा हलको नजिकबाट करिब ८ बजेतिर प्रहरीले फेला पारेको छ । दुबै जना दिउँसो नारायणी कोरोना अस्पतालको पहिलो तल्लामा सर्जिकल वाडमा बनाइएको आइसुलेशनबाट भागेका थिए । उनीहरु दुबै जना अस्पतालको शैचालयको भेन्टिलेटर तोडेर त्यहीबाट बाहिर हाम फालेर भागेका थिए ।

प्रकाशित: ३१ वैशाख २०७७ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App