७ वैशाख २०८१ शुक्रबार
समाज

नलगाड नगरपालिकाको आफ्नै खर्चमा डाक्टर (अपडेट)

प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा विरामीको उपचार गर्दै नलगाड नगरपालिकाले नियुक्ती गरेका डा. आरके मण्डल ।

जाजरकोट- सरकारी अनुदानमा तलव खाने चिकित्सकको दरबन्दी भएपनि कहिलै र बस्न नमान्ने जिल्लाको एक प्राथमिक स्वास्थ्य केन्द्रमा यहाँको एक नगरपालिकाले आफ्नै खर्चमा चिकित्सक भर्ना गरेर काम चलाएको छ । सरकारले खटाए पनि विभिन्न बहाना र शक्तिको प्रयोग गर्दै दुर्गममा डाक्टरहरु बस्न नमान्ने गरिरहेका बेला जिल्लाको नलगाड नगरपालिकाले आफ्नै बजेटमा एक जना डाक्टर भर्ना गरेर सेवा सुचारु गरेको हो ।  

देशमा कोरोनाको संक्रमणको सम्भावना व्यापक बन्दै गइरहेको वेला नलगाडले कोरोनाविरुद्धको अभियान सफल पार्न र नगरपालिकाको सवै भन्दा ठुलो स्वास्थ्य संस्थमा सेवा सुचारु गर्न डाक्टर भर्ना गरिएको नगर प्रमुख टेकवहादुर रावलले बताए । नगरपालिकाको फजुल खर्च कटाउदै बचेको पैसाले डाक्टरको पारिश्रमिक वेहोरिने उनले बताए । मेयर रावलले डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या परिरहेको प्राथमिक स्वास्थय केन्द्र दल्लीमा आपतकाल र अन्य सेवा प्रवाहको अवस्थालाई व्यवस्थापन गर्न डा. आरके मण्डललाई नियुक्त गरेर काममा लगाइएको बताए ।  

नगरपालिकाको आफ्नो खर्चमा चिकित्सक नियुक्ति भएसंगै प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा सामान्य शल्यक्रिया, भिडिओ एक्सरे आइस कम्प्रेसर, भ्यासेक्टोमी लगाएतका विभिन्न सेवाहरु सुचारु भएको नगरपालिकाकी प्रवक्ता राममाया हमालले बताइन् । उनले डाक्टरको नियमित बसाइ र सेवा सन्चालनका कारण सर्वसाधारणहरुको भीड लाग्ने गरेको पनि बताइन् । जनताको स्वास्थय अधिकारको सुरक्ष ागर्न र जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न डाक्टर नियुक्ति गर्ने काम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए । उनले कोरोनाको सम्भावित संक्रमण रोक्न र जनतालाई सुरक्षाको अनुभुति दिलाउन नगरपालिकाले श्रोतको जोहो गरेर डाक्टर नियुक्तिको काम गरेको बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा कार्यरत दरबन्दीका डाक्टर सञ्जय यादव एक बर्षदेखि अध्ययन बिदामा जिल्लावाहिर रहेपछि यहाँको स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासीको गुनासो छ । कोहि अध्ययन, कोहि काज कोहि आउने नमानेर स्वास्थय संस्थामा डाक्टर नबस्दा स्थानीयहरु धेरै मर्कामा पर्ने गरेको स्थानीय वीनवहादुर सिंहले बताए । एमडी अध्ययनका लागी यादव बिदामा बसेपछि स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको हो ।  

जिल्लाको छात्रवृत्ति कोटाबाट पढेका डाक्टरहरु ल्याउन र अन्य क्षेत्रका डाक्टरहरु ल्याउन आफूहरुले व्यापक पहल गरेपनि केहि सीप नलागेपछि आफ्नै खर्चमा डाक्टर भनाइ गर्नु परेको उपमेयर बालकुमारी बस्नेतले बताइन् । उनले नगरपालिकाको तर्फबाट मासिक एक लाख २० हजार तलव दिने गरि डाक्टर आरके मन्डललाई करारमा भर्ना गरिएको उपमेयर बस्नेतले बताइन् । 

आफू नियुक्त भएर आएसंगै प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा विरामीको चाप बढ्न थालेको डाक्टर आरके मन्डलले बताए । उनले सबै स्वास्थ्यकर्मीहरुको सहकार्य एकता र सक्रियतामा कोरोनाको संक्रमणको व्यापक सम्भावना भएको बेला जनताको सेवा गर्न आफूहरु तल्लीन रहेको डाक्टर मण्डलले बताए । सबै स्वास्थ्यकर्मीको मनोबल बढाएर आफूहरु जनताको सेवामा सक्रिय बनेको उनले बताए ।  

 

 

प्रकाशित: ३१ वैशाख २०७७ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App