coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनमा तामाकोसी भित्र डोजरको ‘बितण्डा’

दोलखा - लकडाउनमा पनि जिल्लाको तामाकोसी नदीमा खोला भित्रै पसेर डोजरले बालुवा निकाल्दा नदी गहिरिन थालेको छ। नदी भित्रै पसेर डोजरले जथाभावी बालुवा निकालेका कारण जिल्लाको नयाँपुल आसपासको झण्डै ४ किलोमिटर क्षेत्रमा तामाकोसी नदीले धार नै बदल्न थालेको हो। 

नदी भित्र डोजरको बितण्डाका कारण सत्तरी गोलाईदेखि मालुसम्मको क्षेत्रका कतिपय भागहरुमा नदीले स्वरुप बदलेर कुरुप देखिन थालेको छ। 

सरकारी नियमानुसार नदी भित्र डोजर लैजान पाइदैन। बालुवा निकाल्दा मापदण्ड पूरा गरेर बगर क्षेत्रबाट मात्र निकाल्नुपर्ने नियम छ। तर यो क्षेत्रमा प्रत्येक एक सय मिटरको दुरीमा डोजर नदी भित्रै पसेर बालुवा निकालिरहेको छ।

 बर्षात नजिकिन थालिसकेका कारण माथिल्लो क्षेत्रहरुमा लगेर मौज्दात राख्न भन्दै यसरी नदी गहिरिएर धार नै परिवर्तन हुने गरी खोला भित्रै पसेर बालुवा निकाल्न थालेका हुन्। 

नयाँपुल बजार आसपास हुदै ढोलीखोला, गोपीखोला, जफे सहितका क्षेत्रमा मात्र आधा दर्जन बढी क्रसर उद्योग र बालुवा खानीहरु सञ्चालित छन्। नयाँपुल बजारको छेवैमा दैनिक ४ ओटा भन्दा बढी डोजरले नदी भित्रै पसेर बालुवा निकालिरहेको एक स्थानियले बताए।

डोजरको आतंक सर्दै सर्दै बजारमा रहेको पुल नजिक आईरहेको ति स्थानियले गुनासो गरे। ‘नियमअनुसार पुल भन्दा ५ सय मिटर वरपर वालुवा निकाल्न पाईदैन भन्थे’ – उनले भने – ‘तर यहाँ त कुन दिन यो पुल पनि बाकी राख्दैनन होला’। 

तिब्बतबाट दोलखा हुँदै बगेर जाने तामाकोसी नदीको रामेछापको सिमाना सम्म पुग्दा दर्जन बढी क्रसर र बालुवा खानीहरु सञ्चालनमा छन्। तर ति कुनै पनि वैध छैनन्। 

प्राय खानीहरु, जनप्रतिनिधि निकटका मानिसहरु र दलका नेता कार्यकर्ताले सञ्चालन गरेका छन्। प्रशासन र स्थानिय सरकारहरुले कडाई गर्न नसक्दा नदी दोहन दैनिक बढिरहेको छ। चरम दोहन बढीरहँदा प्रशासनले कुनै पनि कार्बाही अगाडि बढाउन सकेको छैन्।

प्रकाशित: २८ वैशाख २०७७ १४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App