coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडक खन्दा विवाद : प्रहरीमाथि आक्रमण, दुई घाइते

दैलेख– चामुण्डाविन्द्रासैनी नगरपालिका ४ धनपाया–साल्टाकुरा–साल्तडा जङ्गले सडकमा जग्गा विवाद हुँदा शनिबार करिब ७ बजे झडप भएको छ । जग्गा विवाद हुँदा पुगेको प्रहरीमाथि नै स्थानीयहरुले आक्रमण गर्न थालेपछि २ राउण्ड हवाइ फायर गरिएको हो । स्थानीय एक र एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको नाम सार्वजनिक गरिएको छैन ।

घटनास्थलमा ठूलो संख्यामा स्थानीयहरु भेला भएको जनाइएको छ । घटनालाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय दुल्लुबाट थप प्रहरी टोली खटाइएको छ । विवाद भएको ठाउँमा पुगेको प्रहरीमाथि आक्रमण हुन थालेपछि प्रहरीले भिड तितरवितर गर्न हवाइ फायर गरेको दैलेख प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए । ३ दिनदेखि जग्गा विवाद सडकको काम रोकिएको थियो । विवाद मिलेको थियो, प्रहरी आएलगत्तै आक्रमण हुन थालेपछि हवाइ फायर भएको उक्त सडकका उपभोक्ता समितिका कोषाध्यक्ष लोकेश शाहीले बताए ।

प्रदेश सरकारको २० लाख, चामुण्डाविन्द्रासैनी नगरपालिकाको साढे ५ लाखमा उपभोक्ता समिति मार्फत सडक निर्माण गर्न लागिएको थियो । ३ वर्षदेखि उक्त सडक खन्न लागिएको थियो । पहिलो वर्ष ५ लाख उपभोक्ता समिति मार्फत र दोस्रो वर्ष ३ लाख कोटेशन मार्फत खनिएको थियो । यो वर्ष प्रदेश सरकार र नगरपालिका मार्फत उपभोक्ता समितिले सडक बनाएको थियो ।

समिति २ वटा बनेका कारण पहिला विवादित यो सडक अहिले जग्गाका कारण विवाद भएको स्थानीय बताउँछन् । नगरपालिकाले एउटा समितिलाई मान्यता दिएर काम गराएको थियो । यो सडक १३ किलोमिटर छ । पुरै सडक सर्वे भएको छैन । समिति मार्फत डोजरले काम गर्दै सर्वे अघि बढेको जनाइएको छ ।

प्रकाशित: २७ वैशाख २०७७ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App