coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न्यूनतम सतर्कता नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम

सिन्धुलीको मुख्य बजार क्षेत्रमा न्यूनतम सतर्कता समेत नअपनाई किनमेल गर्नेको भिड । तस्बिर : अनिल/ नागरिक

सिन्धुली- न्यूनतम सतर्कता समेत नअपनाउदा सिन्धुलीमा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ । सिन्धुलीको सिमाना जोडिएको उदयपुरमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको भएपनि सिन्धुलीमा न्यूनतम सतर्कता समेत अपनाइएको छैन ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक सामान तथा तरकारी किनमेल गर्नका लागि तीन घण्टाको समय दिएको छ । सोही समयमा किनमेल गर्ने र बिक्री वितरण गर्नेले समेत न्यूनतम सतर्कता तथा दुरी कायम नगर्दा जोखिम बढ्दै गएको छ । किनमेल गर्ने र बिक्री वितरण गर्नेले सामाजिक दुरी कायम गर्ने मास्क सेनिटाइजर प्रयोग गर्ने  गर्नुपर्ने भएपनि त्यस्तो देखिएको छैन ।

जोखिम र त्रास न्यूनीकरण गर्नका लागि प्रहरी प्रशासनले समेत वास्ता नगरेको स्थानीयले स्वयम् बताउँछन् । व्यवसायीले पनि बिक्री वितरण गर्नुसँगै स्वास्थ्यमा ख्याल गरि सामाजिक दुरी कायम गर्न लगाउनुपर्ने हो, कमलामाई नगरपालिका ६ स्टलबजारका फार्मेसी व्यवसायी माधब देवकोटा भन्छन्, न्यूनतम सतर्कता समेत अपनाइएको देखिएन, यसले थप जोखिम बढाउन सक्छ ।

छिमेकी जिल्लामा देखिएको कोरोना भाइरस र राजमार्गको आवतजावतले जोखिम बढाइरहेको भन्दै यस्तो अवस्थामा भिडभाड कम गर्नुपर्ने उनको भनाई छ । कोरोना भाइरसको रेडजोन मानिएको तराईका विभिन्न जिल्लाबाट समेत खाद्यान्न आलु लगायतका सामान ओसारपसार हुँदा कोरोना जोखिम बढेको नेपाल विद्यार्थी संघ सिन्धुलीका अध्यक्ष उत्पल खड्काले सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् ।

किनमेलमा मात्रै नभएर यहाँका ठूला खाद्यान्न व्यवसायीले खाद्यान्न आयात गर्ने र खाद्यान्न लोडअनलोड गर्ने मजदुरको स्वास्थ्यमा समेत ध्यान दिएका छैनन् । मजदुरलाई व्यवसायीले बेवास्ता गर्दा उनीहरुबाट कोरोना भाइरसको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय त्रसिद बनेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि गत चैत ११ गतेदेखि सरकारले मुलुक लकडाउन गरेको छ ।

तर लकडाउनको समयमा खुल्न पाउने अत्यावश्यक पसल तथा किनमेलमा सामाजिक दुरी कायम नगरि भिडभाड बढ्न थालेको छ । ठूला खाद्यान्न व्यवसायी, औषधि पसल, तरकारी पसलमा जोखिम बढेको देखिएको स्थानीय बताउँछन् । पछिल्लो केहि दिनदेखि सिन्धुलीमा लकडाउनको पूर्ण पालना नहँदा त्रास फैलिएको छ । जिल्ला प्रशासनबाट सहजै सवारी पास पाउन थालेपछि पास लिएर बजार घुम्ने र भिडभाड गर्ने उत्तिकै बढेको देखिएको छ । प्रशासनमा दैनिक पास लिनेको भिड रहेको छ, जिल्ला प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भने, निर्माण व्यवसाय र अत्यावश्यक सामग्री ढुवानी खुल्ला गरेसँगै पास लिनेको भिड भएको हो ।

पास लिनेको भिड प्रशासनमा बढेपछि हाल जिल्ला प्रशासनले ई पास(अनलाईन) को समेत व्यवस्था गरेको छ । प्रशासनमा पछिल्लो एक सातादेखि नागरिकता बनाउने भन्दा बढी सवारी पास बनाउनेको भिड लाग्न थालेको छ । चिनजान र आफन्तलाई पास बनाउन कर्मचारी आफैले सहजिकरण गरिदिदा बजारक्षेत्रमा सवारीको थप भिड बढेको भन्दै स्थानीय समेत आक्रोसित भएका छन् ।

 

प्रकाशित: २७ वैशाख २०७७ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App