coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डिआइजी आउँदा जिल्लामा कडाइ

दोलखा, - केही दिनदेखि लकडाउन खुकुलो बनाएको स्थानीय प्रशासनले वाग्मती प्रदेशका डिआइजी बसन्तकुमार लामाको निरीक्षण भ्रमण हुँदा भने बुधबार दिउँसोदेखी दोलखामा कडाइ गरेको छ । 

वाग्ती प्रदेशका प्रहरी प्रमुख डिआइजी लामा मातहतका जिल्लाको निरीक्षण भ्रमणका क्रममा सिन्धुली, रामेछाप हुँदै बुधबार साँझ दोलखा आइपुगेका छन् । लकडाउन खुकुलो हुँदै गएको भन्दै दिउँसोसम्म निर्वाध आउजाउ भइरहेको चरिकोट बजार साँझबाट प्रहरीले ठप्प प्रायः बनायो । प्रदेश प्रहरी प्रमुख लामा जिल्ला भित्रिनुअघि बजारमा उपभोग्य सामान र मेडिकलबाहेकका पसलहरु प्रहरीले बन्द गराउँदै हिँडेको थियो । 

लामा आएलगत्तै चरिकोटमा हिँडेका केही मोटरसाइकललाई प्रहरीले सातदोबाटो चोकमा नियन्त्रणमा लिएको छ ।  ग्रिन जोनमा परेका कारण केही दिनदेखि खुकुलो रहेको दोलखा डिआइजी आउनुपूर्व कडाइ पारिएको भन्दै स्थानीय आश्चर्यमा परेका छन् । जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतीरमण पोखरेलले डिआइजी लामाको निरीक्षण भ्रमण नभई केन्द्रको निर्देशनअनुसार लकडाउनमा कडाइ गरिएको दाबी गरे । ‘डिआइजी साप, नियमित निरीक्षण भ्रमणमा आउनुभएको हो तर उहाँ आउनुअघि दिउँसो मन्त्रिपरिषद्बाट लकडाउन थपिने निर्णय भएलगत्तै जिल्लामा कडाइ तुल्याइसेका थियौंं,’ डिएसपी पोखरेलले भने,  ‘यो संयोग परेको मात्र हो’ ।  

चौकीहरुमा सास्ती
पास बोकेका सवाीसाधनले समेत जिल्लाका केही चौकीमा सास्ती व्यहोर्ने गरेका छन् । जिल्ला भित्रिने प्रमुख नाका खरिढुङगा प्रहरी चौकी, जिल्लाको ईलाका प्रहरी कार्यालय जिरी र तामाकोसी बेसिनबाट गिट्टी बालुवा बोकेर सदरमुकाम भित्रिने प्रमुख नाका किरातीछाप प्रहरी चौकी पार गर्ने ट्रक, ट्रिपर र हलुका सवारीसाधनले समेत सास्ती व्यहोर्नु परेको गुनासो बढेको छ । 

किरातीछाप प्रहरी चौकीमा प्रहरीले गैरकानुनी रुपमा ढाट नै राखेर गाडीहरु रोक्ने र चेकजाँचमा क्रममा दुख दिने गरेको गुनासो बढेको छ । यो चौकी हुँदै तामाकोसी नदी आसपासबाट दैनिक ठुलो मात्रामा गिट्टी र बालुवा बोकेका ट्रिपर र ट्रकहरु भित्रिने गर्छन् । यस्तै पास बोकेर आएका गाडीहरुले समेत बिभिन्न नाममा दुख पाउने गरेको एक व्यवसायीले सुनाए । खरिढुंगा प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय जिरीमा समेत चेकजाँचका नाममा खाद्यन्न, निर्माण सामग्री लगायत बोकेर आउने गाडीहरुले सास्ती व्यहोर्ने गरेको व्यवसायीको गुनासो छ ।

प्रकाशित: २५ वैशाख २०७७ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App