coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी

तनहुँ- जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी परेका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ भुजेलटारका एकै परिवारका ५ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार विहान स्थानीय चक्रवत्ती सामुदायिक वनबाट च्याउ ल्याएर खाएपछि उनीहरु विरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विनोद सिलवालले बताए । च्याउ खाएर विरामी पर्नेहरुमा घरमुली ४२ वर्षिय कृष्णबहादुर भुजेल, उनकी श्रीमती ४० वर्षिय गौरीमाया भुजेल छोराहरु २१ वर्षिय तिर्थबहादुर, १७ वर्षिय मिनबहादुर र १५ वर्षिय धनलाल भुजेल रहेको प्रहरीले जनाएको छ ।

विरामीमध्ये घरमुली कृष्णबहादुर र छोरा धनलालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिनोद सिलवालले बताए । उनिहरुको भरतपुरस्थित जिल्ला सरकारी अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २२ वैशाख २०७७ १६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App