५ वैशाख २०८१ बुधबार
समाज

रहेनन् हर्रेबर्रे काण्डका अगुवा

अर्घाखाँची- कम्युनिष्ट आन्दोलनका नेता तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीका नेता बुद्धीबहादुर रायमाझीको फोक्सोको क्यान्सरका कारण निधन भएको छ । सोमबार अपरान्ह काठमाडौमा उपचारको क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो । कम्युनिष्ट आन्दोलनका क्रममा १४ बर्ष जेल जिवन बिताएका रायमाझी पूर्व शिक्षक समेत हुन् ।

उनी तत्कालिन समयमा अर्घाखाँचीको सिद्धारामा घटेको चर्चित हर्रेबर्रे काण्डका अगुवा पनि थिए । काठमाडौस्थित नख्खु जेलमा रहँदा वर्तमान प्रधानमन्त्री केपी ओली लगायतका उच्च नेताहरुसंग सम्पर्कमा आएका रायमाझीले आफ्नो जिवन कम्युनिष्ट क्रान्तीलाई समर्पण गरे ।

आफ्नो जिवनकालमा कुनै पदिय लाभ वा पार्टी पंक्तीका लागि कुनै सम्झौता नगरेका उनी पनि तत्कालिन नेकपा एमालेका केन्द्रिय स्कुल विभाग सदस्य भईसकेका थिए । रायमाझीले सन्धिखर्कको भगवती मावीमा लामो समय प्राध्यापक पेशा गरे ।

उनी पछिल्लो समय प्रगतिशिल लेखक संघ जिल्ला अध्यक्ष लगायत धेरै संघसंस्थामा आवद्ध थिए । रायमाझीका १ श्रीमती २ छोराछोरी छन् । उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए र काठमाडौमा उपचार चलिरहेको थियो ।

प्रकाशित: २२ वैशाख २०७७ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App