coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भक्तपुरका वडाध्यक्षलाई पीएचडी

भक्तपुर- भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवाललाई विद्यावारिधी (पीएचडी)को उपाधि मिलेको छ । राजनीतिमा लाग्नेहरु शिक्षित भएनन् भन्ने गुनासो चारैतिरबाट आइरहँंदा वडा अध्यक्ष सुवाल भने उदाहरण बनेका छन् । वडाध्यक्ष डा.सुवालले त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्बन्धि ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए ।

वडाध्यक्ष डा सुवालले विद्यावारिधि गर्ने नेपालकै पहिलो वडाध्यक्षको रुपमा रेकर्ड राख्न सफल भएको दावी गरिएको छ । यसका साथै वडाध्यक्ष डा.सुवाल अहिलेसम्मकै सबैभन्दा बढी पढ्ने वडाध्यक्षको रुपमा समेत दरिएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै ३ वटा विषयमा प्रविणता प्रमाणपत्र तह, ३ वटा विषयमा स्नातक र २ वटा विषयमा स्नातकोत्तर उतिर्ण गरेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा डा.सुवाल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कोतर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी सो पार्टीको ६ नं वडाको वडासमिति सचिवको साथै नेमकिपाको जनवर्गीयसंगठन ‘नेपाल क्रान्तिकारी किसान संघको केन्द्रीय सचिव पनि हुन । विद्यावारिधि उतिर्ण गरेसंगै डा.सुवाल नेमकिपामा धेरै विषय अध्ययन गर्ने नेतामासमेत दरिएका छन् ।

भक्तपुरको ब्यासीस्थित बासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेका भक्तपुरकै चोछें निवासी वडाध्यक्ष डा.सुवालले विद्यावारिधि मात्रै गरेका छैनन्, उनले पोलिटिकल साइन्स र इतिहास गरी दुईवटा विषयमा स्नातकोत्तरसमेत गरेका छन् । साथै शिक्षा, कानून र मानविकी गरी तीनवटा विषयमा स्नातक तथा मानविकी, वाणिज्य र कानुन गरी तीनवटा विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका छन् । डा.सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमा सर्वाेत्कृष्ट भई कलेज टपर समेत भएका थिए ।

बाबु कृष्णनारायण र आमा विष्णु सुवालका दुई छोरामध्ये कान्छो छोराको रुपमा २०३४ साल मंसिर ९ गते चोछें भक्तपुरमा जन्मेका हुन् । उनका तीन दिदीवहिनी छन् ।

नेपाल मजदुर किसान पार्टीले दुई दशक अघि भक्तपुरमा लागू गरेको ‘एक घर, एक स्नातक’ को अवधारणा अनुसार पछिल्लो समयमा भक्तपुर नगरक्षेत्रमा कम्तीमा स्नातक तह उतिर्ण गर्ने शिक्षित युवाहरुको संख्या बढीरहेको छ । उच्च शिक्षा (स्नाकोत्तर तह) अध्ययन गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको छ ।

प्रकाशित: २२ वैशाख २०७७ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App