coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय मजदुरलाई साप्ताहिक राहत

भक्तपुर- इटाभटा बन्द भइसके पनि लकडाउनका कारण भारत फर्कन नसकेपछि इटाभटामा काम गर्ने भारतीय मजदुरहरुलाई साप्ताहिक राहत भताको बन्दोवस्त गरिएको छ । भक्तपुर इटाभटा व्यवसायी संघको शुक्रबार बसेको बैठकले जिल्लाभरिमा कार्यरत सबै इटाभटामा कार्यरत रही स्वदेश फर्कन नसकेको सबै भारतीय मजदुरहरुलाई प्रति हप्ता ६ सय रुपैयाँं राहतस्वरुप भता प्रदान गर्ने निर्णय भएको भक्तपुर इटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योंम्वाले बताए । राहत रकमसहित उनीहरुलाई बस्न, खानेपानी अनि विजुलीको पनि बन्दोवस्त इटाभटा उद्योगीले उद्योग चलेको समयमा जस्तै सुविधा दिइरहने निर्णय भएको अध्यक्ष ह्योम्वाले जानकारी गराए ।

संघको तथ्यांक अनुसार भक्तपुरमा ६६ वटा इटाभटाहरु सञ्चालित छन् । ती इटाभटाहरुमा हाल तीन हजारको हाराहारीमा भारतीय मजदुरहरु कार्यरत रहेको बताइन्छ । भारतीय मजदुरहरु विशेष गरेर इटाभटामा इटा पोल्ने, पोलिसकेको इटा बजारमा पठाउनका लागि इटाभटाबाट बाहिर निकाल्न बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन् । यी इटाभटाहरुमा थोरै भारतीयका साथै धेरै नेपाल मजदुरहरु पनि कार्यरत छन् । इटा पार्न, इटा बोक्नलगायतका काममा नेपाली मजदुरहरु कार्यरत हुन्छन् । उनीहरु भने आआफनो गाउँंठाउँं फर्किसकेको जनाइएको छ ।

इटाभटा व्यवसायीहरुका अनुसार यी इटाभटामा कार्यरत भारतीय मजदुरहरु सिजनभरि इटाभटामै अस्थायी टहरा बनाइ वस्छन् । उनीहरुलाई खानेलाउनेबाहेकको विजुली, खानेपानीलगायतका सम्पूर्ण आधारभूत सुविधाहरु सम्वन्धित इटा उद्योगीले नै मिलाइदिने गर्दछ । संघको निर्णय अनुसार यो वर्ष चैत २० गतेदेखि नै जिल्लाका सम्पूर्ण इटाभटामा इटा पार्ने काम वन्द गर्ने निर्णय गरी इटा पार्ने नेपाली मजदुरहरुलाई आआफनो गाउँंठाउँं फर्काइसकेको छ । यसबाहेकका इटाबोक्ने नेपाली मजदुरहरु पनि इटा बोकने सकाएर लकडाउनवीच पनि आआफनो गाउँंठाउँं फर्किसकेका छन् । यीबाहेक बाँंकी भएका इटा पोल्ने भटामा बस्ने मजदुरहरुको लागि यो राहतको निर्णय गरिएको हो ।

प्रत्येक वर्ष मंसिरबाट सुरु भई बैशाख जेठसम्म इटाभटाको सिजन हो । तर यो वर्ष लकडाउनका कारण चाँडै नै इटा पार्ने काम बन्द गराई इटा उद्योग वन्द गरिएको हो । यहाँंका झण्डै सवै इटाभटामा इटा पोल्ने काम पनि बन्द भइसकेका छन् ।

 

प्रकाशित: १९ वैशाख २०७७ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App