४ वैशाख २०८१ मंगलबार
समाज

लकडाउनबाट निस्किने रणनीति खोई ?

काठमाडौं - ‘हाल थपिएको लकडाउन कोरोनाका कारणले नभई पोलिटिकल लकडाउन हो। महिना दिनको बन्दपछिन समीक्षा न सार्थक योजना। बस्, थप्यो, बस्यो,’ आफ्नो ट्विटरह्यान्डलमा मंगलबार सुमन लेख्छन्। यस्तै रागी नाम गरेका अर्का एकजना ट्विटरमै लेख्छन्, ‘हामी यस्तै त हो नि ब्रो, लकडाउन भनेपछि पूर्ण लकडाउन छैन, टेस्ट भनेपछि पूर्ण टेस्ट छैन देशमा गणतन्त्र भनेपछि पूर्ण गणतन्त्र छैन, मिसिन लागिसक्यो अधिनायकवाद।’

सामाजिक सञ्जालमा अभिव्यक्त यी प्रतिनिधिमूलक टिप्पणी हुन्। देश ३७  दिनदेखि लकडाउनमा छ। यातायात, व्यापार, कलकारखाना, कृषि क्षेत्र, विद्यालय तथा सरकारी तथा निजी कार्यालय ठप्प छन्। सरकारको पछिल्लो निर्णयअनुसार लकडाउन वैशाख २५सम्म जारी छ। यसरी पटकपटक गरेर देशव्यापी लकडाउनलाई सरकारले डेढ महिना तन्काएकोेछ। तर लकडाउनबाट निस्किने रणनीति के हुने ? लकडाउनको अवसरलाई कसरी अत्यधिक उपयोग गर्ने ?अन्योल देखिएकोछ र स्पष्ट रणनीतिको अभावमा कोरोना भाइरसविरुद्धको लडाइँ कमजोर भएको र अझ लम्बिन सक्ने चिन्ता बढेकोछ। 

जनस्वास्थ्यविद् तथा सामाजिक सञ्जालमा आबद्ध नागरिकनेपालको स्वास्थ्य सेवा प्रणालीले महामारीको अवस्था थेग्न नसक्ने भएकाले सजिलोका लागि सरकारले लकडाउन थपिरहेको बताउँछन्। उनीहरु लकडाउन अवधिमा पनि संक्रमित र उनीहरुको सम्पर्कमा भएकाको युद्धस्तरमा खोजीनीति नभएको र साथसाथै भाइरसको विश्वसनीय परीक्षण हुनुपर्नेमा सो पनि हुन नसकेकोतर्क गर्छन्।

‘भाइरस संक्रमण रोकथामका लागि लकडाउन अन्तरिम रणनीति भएपनि यसलाई बिनाकारण बढाइएको र लकडाउनको मर्मअनुसार सरकारले प्रभावकारी कार्यान्वयन पनि गर्न नसकेको अवस्था छ।’
 

भाइरसको संक्रमण रोकथामका लागि लकडाउन अन्तरिम रणनीति भएपनि यसलाई बिनाकारण बढाइएको र लकडाउनको मर्मअनुसार सरकारले प्रभावकारी कार्यान्वयन पनि गर्न नसकेको, आवतजावत अनियन्त्रित रुपमा चलिरहेको जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित बताउँछन्। ‘आवतजावत यथावत् राख्ने हो भने पाँच साता अवधिसम्म आमनागरिकले भोगेको सास्तीको उपादेयता के’, उनी प्रश्न गर्छन्। देशका विभिन्न ठाउँमा बिचल्लीमा परेकाको उद्धारका नाममा यात्रु उपत्यकामा भित्रिरहेका छन्।

त्यस्तै राजनीतिक दलका नेताले नै राजधानीबाट विभिन्न जिल्लामा मानिस पठाइरहेको सन्दर्भमासंक्रमण नियन्त्रणको प्रयास नराम्ररी प्रभावित भएको तर्क दीक्षितको छ। ‘कोभिड १९को सन्दर्भमा राजनीति गर्न छोड्नुप¥यो, जनस्वास्थ्यलाई हेर्नुप-यो’, उनी थप्छन्, ‘यस्तो लाग्छ, यो लकडाउन तन्काउने काम जनस्वास्थ्यको हिसाबले गरिएको होइन र अहिले लकडाउनको मर्ममा प्रहार भएकोछ।’

लकडाउनको समयमा त्यसपछिका अवस्थाका लागि गर्नुपर्ने पूर्वतयारी नभएको र यो अवधिमा समयतालिकासहित चरणबद्ध रुपमा यीयी कुरा पूरा गर्छौं भनेर सरकारले जनतालाई विश्वस्त तुल्याउन नसकेको विश्लेषणसरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीको छ।‘हामीले देशका विभिन्न भागमा भित्रभित्रै कति संक्रमण फैलिएको छ वा छैन भन्ने यकिन गर्न सकेका छैनौं, त्यसैले तत्काल लकडाउन खुकुलो पार्न नसकिएको हो। यसका निम्ति परीक्षणका प्रमाणित तथ्यांकहरु चाहिन्छन्’, उनी भन्छन्। 

बुधबारसम्म नेपालमा ५७ जनामा कोभिड १९को संक्रमण पुष्टि भएकोमा १६ जना निको भइसकेका छन्। हालसम्मदेशभर ४५ हजार ६ सय ६५ जनाको -यापिड टेस्ट गरिएकोछ भने ११ हजार ५ सय २४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोछ। तर -यापिड टेस्ट परीक्षणको विश्वसनीयता र पिसिआर परीक्षण पनि अपेक्षाित स्तरमा हुन सकेकाे छैन। -यापिड टेस्टको औचित्यनै नभएको तर्क कतिपय विज्ञको छ। छिमेकी मुलुक भारतका केही राज्य तथा अन्य देशमा -यापिड टेस्टलाई प्रतिबन्ध लगाइएको प्रसंग उल्लेख गर्दै दीक्षित भन्छन्, ‘अब -पापिड टेस्ट गर्दै नगरौं। संक्रमित र उनीहरुसँग सम्पर्कमा भएकाहरुको भकाभक पिसिआर विधिमार्फत परीक्षण गरौं, लकडाउन खुलाउन पनि पिसिआर व्यापक रुपमा गर्न आवश्यक छ।’

डा. सुवेदी पछिल्ला साता परीक्षणको संख्या कम हुदै गएकोमा चिन्ता व्यक्त गर्छन्। परीक्षणको परिमाणका हिसाबले सार्क मुलुक भुटानले जनसंख्याको अनुपातमा नेपालको भन्दा ८ गुणा बढी पिसिआर परीक्षण गरेको र अफ्रिकी राष्ट्र घानाले ९ गुना बढी गरेको बताउँदै उनी थप्छन्, ‘यसको दायरा बढाउन कन्जुस्याइँ गर्नु हुँदैन। भाइरस संक्रमणका हिसाबले सक्रिय केस पहिचानमा थप प्रयास गर्न जरुरी छ।’

-यापिड टेस्टमा पोजेटिभ र पिसिआरमा नेगेटिभ देखिएका व्यक्ति पनि उत्तिकै खतरनाक हुने बताउँदै सुवेदी थप्छन्, ‘उनीहरुलाई कुनै बेला संक्रमण थियो र उनीहरुबाट अन्यमा यो भाइरसको संक्रमण भएको हुन सक्छ। त्यसको पनि पहिचान र छानबिन हुनुपर्छ।’

त्यसो त विश्व स्वास्थ्य संगठनले पनि आवश्यक गृहकार्य र संयन्त्रको विकास नभई लकडाउन खोल्दा रोगको पुनः संक्रमण देखिन सक्ने चेतावनी दिएकोछ। ‘लकडाउन खुकुलो पार्दा महामारीको अवस्था नियन्त्रणमा भएनभएको हेर्ने संयन्त्र नबनाई लकडाउन खुलाउनु जोखिमपूर्ण हुन्छ’,संगठनले भनेकोछ। 

‘१० दिनपछि लकडाउन खोल्ने हो भने तत्काल गर्नुपर्ने पूर्वतयारी धेरै हुन्छन्’, डा.सुवेदी भन्छन्, ‘अरबबाट फर्कनेहरु, भारतबाट फर्कनेहरु र अन्य देशबाट फर्कनेहरुलाई हामी कसरी व्यवस्थापन गर्छौं, त्यसको विधि र प्रणाली खोई ?’

कृषि, कलकारखाना, ससाना व्यवसाय तथा पसलजस्ता निश्चित क्षेत्र खोल्न दिने हो भने पनि त्यसका लागि समयमै सूचना र तयारी हुनुपर्ने विज्ञ बताउँछन्। लकडाउन खुकुलो पार्दा अवलम्बन गरिनुपर्ने विषयमा निर्देशिका नै जारी गर्नुपर्ने विज्ञहरुको सुझाव छ। सरकारले समयतालिकासहित लकडाउनबाट बाहिर निस्कने रणनीति बनाउनुपर्ने सुझाव उनीहरुको छ। डा. सुवेदी चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्दासबैलाई मुख र नाक छोप्ने मास्क उपलब्ध हुनुपर्नेतथा भाइरसको हिसाबले जोखिममा रहेका वर्ग र विभिन्न रोग भएकालाई विशेष सुरक्षा अपनाउनुपर्ने सल्लाह दिन्छन्।

स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की २ महिनाभित्र ५० हजार पिसिआर र १ लाख -यापिड टेस्ट गर्ने तयारी भइरहेको बताउँछन्।  यसैगरी वैशाख २५ भित्रै भाइरस संक्रमणको जोखिमका हिसाबले ग्रिन, ओरेन्ज र रेड जोनमा विभिन्न स्थानलाई वर्गीकरण गरेर तदनुसारको रणनीति तयार गर्ने तयारी मन्त्रालयको छ।

‘ग्रिन जोनमा उद्योग कलकारखाना, साना व्यवसाय र कार्यालय खोल्न दिने, ओरेन्ज जोनमा निश्चित काम सुरक्षित रहेर गर्न अनुमति दिने तथा रेड जोनलाई सिल गरेर संक्रमण नियन्त्रणका प्रयास हुनेछन्’, डा. कार्कीले भने, ‘यसमा स्थानीय र प्रदेश सरकारसँग प्रत्यक्ष समन्वयमा  रणनीति तयार हुदैछ ।’सरकारले संक्रमण निगरानी संयन्त्र स्थापनाकोतयारीपनि अगाडि बढाएको कार्कीले जानकारी दिए।

‘विदेशबाट आएकाले नयाँ मोबाइल सिम खोल्नासाथ ट्र्याक गर्ने विधि बनेकोछ र पछि यसलाई ड्यासबोर्डमा राख्ने तयारी भइरहेकोछ’, उनले भने। लकडाउनको मर्मअनुसार काम नभएको र सवारीसाधनको आवागमन भइरहेको स्वीकार गर्दै डा. कार्कीले भने, ‘लकडाउनलाई अक्षरशः पालना गराउन चुनौतीपूर्ण नै देखिएको छ। हामीले यसलाई प्रभावकारी बनाउन खोजेका छौं।यसमा सबैको सहयोग आवश्यक छ।’

 

प्रकाशित: १८ वैशाख २०७७ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App