७ वैशाख २०८१ शुक्रबार
समाज

सीमा क्षेत्रमा खटिएका प्रहरीलाई पिउने पानी

चामल प्रदान गर्दै डा. हेमन्त स्वाँर। तस्विरः योगेश रावल

टीकापुर - कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि टीकापुरस्थित सत्कार पोलिक्लिनिकका सञ्चालक डा. हेमन्त स्वाँरले पिउने पानीको व्यवस्था गरेका छन्। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी समस्या झेल्दै भन्ने समाचार नागरिकमा प्रकाशित भएपछि डा. स्वाँरले सशस्त्र प्रहरीका तीन वटा बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरुलाई पिउने पानीको व्यवस्था गरेका हुन्। 

उनले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलंकामा रहेका बेसक्याम्पमा एक सय जार पिउने पानी उपलब्ध गराएका छन्। उनले टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल मार्फत सशस्त्र प्रहरीलाई पिउने पानी हस्तान्तरण गरेका छन्। 

उनले तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजर समेत उपलब्ध गराएका छन्। त्यस्तै इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत मास्क प्रदान गरेका छन्। 

उनले आजै टीकापुर नगरपालिकालाई विपन्न परिवारलाई राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले २० क्विन्टल चामल सहयोग गरेका छन। उनले ७६ हजार रुपैयाँ बराबरको चामल मेयर रावललाई हस्तान्तरण गरेका छन्। 

उनले केही दिन अघि मात्रै टीकापुर नगरपालिका–२ राजीपुरस्थित मेरी आमा घरमा रहेका बेसहारा बालबालिकालाई समेत खाद्यान्न सहयोग गरेका थिए। सो ठाउँमा आठ जना बेसहारा बालबालिका बस्दै आएका छन्। उनीहरुलाई एकजना स्थानीय महिला दिब्या प्रियासीले संरक्षण गरेर राखेकी छन्। 

पेशाले चिकित्सक डा. स्वाँरले विश्वभर समस्याका रुपमा रहेको कोरोना भाइरसका कारण समस्यामा परेका नागरिक र सुरक्षाकर्मीलाई राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको बताए।

प्रकाशित: १७ वैशाख २०७७ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App