७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना त्रास : चाडपर्व र निर्वाचनमा नआएका समेत भित्रिए गाउँ

तीनपाटन गाउँपालिका भित्रिनेलाई तापक्रम परीक्षण गरिदै । तस्बिर: अनिल/सिन्धुली

सिन्धुली- लकडाउन भएपछि काठमाडौसहित देशका ठूला अस्थाइ रुपमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केका छन् । गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएपछि यहाँको तीनपाटन गाउँपालिकामा झन्डै १२ सय बढी बाहिरबाट गाउँ भित्रिएका छन् ।

गाँउमा वर्षौसम्म नआएका स्थानीयलाई समेत कोरोनाले ल्याइदिएको स्थानीय बताउँछन् । चाडपर्व र  निर्वाचनमा समेत नदेखिएका स्थानीय धमाधम गाउँमा भित्रिएका छन्, तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले भने, काठमाडौ र पोखराबाट धेरै आएका छन्, भने अन्य शहरबाट पनि यहाँ भित्रिएका छन् । गाउँमा धेरै युवा भित्रिएपछि कृषिमा जुट्ने अपेक्षा गाउँपालिकाले लिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले मुलुक लकडाउन गरेपछि कोरोनाको त्रासले शहरभन्दा गाउँ सुरक्षित हुने महसुससहित धमाधम गाउँ आउनेको लर्को लागेको छ ।

हाम्रो गाउँपालिकामा भएको तथ्याङक अनुसार ८ सय ५० जना काठमाडौ र पोखराबाट २ सय १० जना गााउँपालिकामा भित्रिएका छन्, अरु लुकीछिपी आउने अझै छन्, गाउँपालिकाका सूचना अधिकारी गोपाल पहाडीले भने, कोरोनाको त्रासले धेरैले गाउँ आउने मनसाय राखेपछि गाउँपालिकालेनै सहजीकरण गरेर ल्याएको हो ।

शहरबाट युवा फर्किदा गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउन सहयोग पुग्ने देखिएको छ, अब सायद खेतबारी बाझो रहदैन, गाउँपालिका अध्यक्ष मगरले भने अबको मुख्य योजनानै कृषि क्षेत्रलाई आत्मानिर्भर बनाउने तर्फ हुन्छ । गाउँपालिका भित्रिने सबैलाई तापक्रम जाँच गरि पठाएको गाउँपालिकास्थित हेल्थ डेस्कमा खटिएका कर्मचारी मदन दाहालले बताए । यो नाका हुँदै गाउँपालिका प्रबेश गर्ने सबैलाई हामीले तापक्रम जाँच गरेर मात्रै पठाएका छौ, उनले भने, तापक्रम बढी भएर ज्वरो आएको संकेत देखिए हामी गाउँपालिका प्रबेश गर्न दिदैनौ ।

गाउँपालिकाले कोरोना रोकथामका लागि प्रत्येक वडाबाट दश लाख रुपैयाँ बजेट कटौती गर्नुका साथै गाउँपालिकाबाट ५० लाख बजेट गरि १ करोड ६० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा बजेट जम्मा गरेको छ । सुरुवाती दिनमा राहतका लागि गाउँमा आवश्यकता नपरेको भएपनि हाल केहि स्थानीयले राहत आवश्यकता परेको भन्दै फोन गर्न थालेकाले अब राहत वितरण तर्फ गाउँपालिकाले योजना बनाएको जनाएको छ । हामी राहतमा पर्ख र हेरको रणनीतिमा छौ, अब केहि दिनमा राहत वितरण गर्छौ, गाउँपालिका अध्यक्ष मगरले भने ।


                                    

प्रकाशित: १७ वैशाख २०७७ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App