१६ चैत्र २०८० शुक्रबार
समाज

बागलुङकी १९ वर्षीया युवती कोरोना मुक्त

बागलुङ - कोरोना संक्रमित बागलुङ नगरपालिका—४ कुँडुलेकी १९ वर्षीया युवती कोरोनामुक्त भएकी छिन्। शुक्रबार गरेको छैठौं पटकको स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको धौलागिरि अञ्चल अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए। 

लगातार चार वटा रिपोर्ट पोजिटिभ देखिएको उनको पाँचौं र छैठौं रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार राती नै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोख्रेलले जानकारी दिए। 

साँझ ढिलोगरी मात्रै रिपोर्ट आयो, हामी आजै रातीसम्म उहाँलाई डिस्चार्ज गर्ने योजनामा छौं,’ उनले भने,‘हामीकहाँ उपचार गराइरहनुभएका दुबै जना अब कोरोना मुक्त हुनुभयो। यो हाम्रो लागि खुशीको कुरा हो।’

चैत २० गते कोरोना संक्रमण देखिएकी बागलुङ नगरपालिका—३ गौडाकोटकी ६५ वर्षीया वृद्धा गत साता नै कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए। चैत ४ गते कतार एयरवेजको जहाजमा बेल्जियमबाट फर्केकी कुँडुलेकी युवतीमा चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो। 

एउटै जहाजमासंगै आएकी उनलाई कोरोना देखिएपछि जाँच गर्ने क्रममा अर्की वृद्धामा समेत कोरोना संक्रमण पुष्टी भएको थियो।

 

प्रकाशित: १२ वैशाख २०७७ १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App