१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुर- अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौतर्फ जादै गरेको बा ३९ प ५७४१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गई दुर्घटना हुँदा घाइते मोटरसाइकल चालक वर्ष ३० को अजय श्रेष्ठको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका ५ भुलाङखेल श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइतेपछि राजमार्ग गस्तीमा रहेका प्रनि कृष्णप्रसाद बिष्‍टको टोलीले तत्कालै उपचारार्थ नजिकैको मध्यपुर अस्पताल ठिमीमा लगी उपचार हुँदाहुँदै उनको मृत्यु भएको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App