८ वैशाख २०८१ शनिबार
समाज

जुनीचाँदेका वडाध्यक्षमाथि भौतिक आक्रमण

जाजरकोट- जाजरकोटमा एक गाउँपालिकाका वडाध्यक्षमाथि भौतिक आक्रमण भएको छ। जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष रामबहादुर नेपालीमाथि भौतिक आक्रमणमा भएको हो। पूर्व एमालेबाट निर्वाचित वडाध्यक्ष  नेपालीलाई अज्ञात समूहले आक्रमण गरि गम्भीर घाइते बनाएको पूर्व सांसद रत्नप्रसाद न्यौपानेले बताए। उनले आक्रमणबाट नेपाली गम्भीर घाइते भएको र आक्रमणकारीहरु फरार रहेको बताए।

उता जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले आक्रमणकारीहरुको पहिचान भएर उनीहरुलाई पक्राउ गरि सदरमुकामतिर ल्याउन लागिएको बताए। उनले घटना भएको स्थल दुर्गम भएका कारण विहान मात्र प्रहरी पुगेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र आक्रमणकारीहरु स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष नेपालीका प्रतिद्धन्दी रहेको उनले बताए। आक्रमणकारीहरुलाई सदरमुकाम खलंगामा ल्याएपछि घटनाबारे थप जानकारी खुल्ने उनले बताए।

यसअघि पूर्व एमालेबाटै निर्वाचित भएका छेडागाड नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि पनि भौतिक आक्रमण भएको थियो। जनप्रतिनिधिहरुमाथि विभिन्न प्रतिशोधहरु साँधेर भौतिक आक्रमण हुनु गलत भएको सरोकारवालाहरु बताउँछन्।

प्रकाशित: १० वैशाख २०७७ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App